काठमाडौं महानगरपालिकाले रत्नपार्कको अवैध संरचना हटायो
कपन अनलाइन
काठमाडौँ ,पौष १९।
काठमाडौं महानगरपालिकाले आज बुधबार रत्नपार्कको दक्षिणमा अवस्थित अवैध संरचना हटाएको छ ।
आज काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माको नेतृत्वमा गएको प्रशासन महाशाखा र नगर प्रहरी महाशाखासहितको टोलीले रत्नपार्कमा रहेका अवैध संरचना हटाएको हो ।
रत्नपार्कको दक्षिणमा रहेका ती अवैधानिक संरचनाहरु जयकाली भोजनालयबाट भत्काउन सुरु गरी पूर्वतर्फ रहेका सबै अवैध टहराहरु महानगरले भत्काएको हो । महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख गणेश थपलियाले यस खालका संरचनाहरुले महानगरको सौन्दर्य बिगारेको र ती संरचनाहरुमा महानगरको नियमविपरीत व्यापार व्यवसाय गरिएकाले भत्काउनुपरेको जानकारी दिए ।
तपाइँको प्रतिक्रिया ।