बुढानिलकण्ठ नगरपालिका वडा नं ११ पैयाटारमा बाह्य खोप केन्द्र तथा गाउघर क्लिनिक भवनको उद्घाटन
कपन अनलाइन
काठमाडौ,पौष १७ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ पैयाटारमा बाह्य खोप केन्द्र तथा गाउघर क्लिनिक भवनको उद्घाटन गरिएको छ। कपन स्वास्थ्य चौकीको आयोजनामा भएको उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब खरेल रहेका थिए ।
साथै कार्यक्रममा बिशेष अतिथि उप प्रमुख रमा राइ , बुढानिलकण्ठ नगरपालिकाकी स्वास्थ्य संयोजक भवानी न्यौपाने दाहाल, अतिथिहरु बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा सदस्यहरु, समाज सेवी एवं कांग्रेसका नेता राजाराम बुढाथोकी, महिला स्वास्थ्य स्वयं सेविका , खोप केन्द्र निर्माण समितिका अध्यक्ष र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभाध्यक्षता बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीले गरेका थिए । कार्यक्रम संचालन कपन स्वास्थ्य चौकीका कामदेब आचार्यले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दब खरेलले बुढानिलकण्ठ नगरपालिकाले स्वास्थ्य क्षेत्रको लागि धेरै काम गर्न लागि रहेको बताउदै उनले पैयटारमा मात्र नभई यस्तो खोप केन्द्र र क्लिनिक अन्य ठाउमा पनि खोल्नु पर्ने बतएका थिए। उनले योजना सहित आएमा नगरपालिका बाट सहयोग गर्न आफु तयार रहेको बताएका थिए । उनले नगरका सबै क्षेत्रमा सकारात्मक परिवर्तन गर्न र जनताको जीवनमा परिवर्तन ल्याउने किसिमका कामहरु गर्नको लागि आफु सदैब तयार रहेको बताएका थिए ।
बुढानिलकण्ठ नगरपालिका स्वास्थ्य सम्योजक भवानी न्यौपाने दाहालले बुढानिलकण्ठ नगरपालिकाले गरेका कामहरुको बिवरण संक्षिप्त रुपमा सुनाएकी थिइन। साथै उनले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको र सबैको सहयोगको अपेक्षा गरेको बताइन ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका स्थानीय नेता एबम समाजसेबी राजाराम बुढाथोकीले स्थनीय सरकार आफ्ना जनताहरुलाई शिक्षा र स्वास्थ्यको काममा लग्नु पर्ने बताए । उनले बिकासका राम्रा काममा बिपक्षी पार्टी सदैब सहयोग गर्न तयार रहेको बताएका थिए उनले आफ्नो ठाउमा बाह्य खोप केन्द्र तथा गाउ घर क्लिनिक भवन बनेकोमा खुसि ब्यक्त गरेका थिए ।
सभाध्यक्षको आसन बाट बोल्दै बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारीले वडाको पहलमा बनेको यो खोप केन्द्र बाट अब सबैले सेवा लिन सक्ने बताउदै सबैलाई स्वास्थ्यको पहुँच पुर्याउन वडा लागि परेको बताएका थिए। उनले वडाको बिकासमा आफु र आफ्नो सिंगो वडाको टिम लागि परेको बताएका थिए । उनले खोप केन्द्र निर्माण गर्न सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिएका थिए ।