टोपी दिवसका अवसरमा र्‍याली

टोपी दिवसका अवसरमा र्‍याली

कपन अनलाइन 

काठमाडाै‌, १७ पुस  । ‘नेपाली टोपी नेपाली पहिचान यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ ।

दिवसका अवसरमा   काठमाडाै‌काे वसन्तपुरमा पनि ढाकाटोपी लगाएर प्रदर्शन गरिएको छ । नेपाल पर्यटन बोर्ड, विभिन्न पर्यटनका संघसंस्था, पर्यटन पत्रकार संघ लगायतको सहभागीतामा ढाकाटोपी प्रदर्शन गर्नुका साथै प्रभातफेरी गरेका थिए ।

यसै अवसरमा जागरुक युवा अभियानले आज बिहान ¥याली निकालेका छन् । माइतीघरबाट शुरु भएको ¥याली भद्रकाली न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिबाटिकामा पुगी समापन भएको थियो ।

¥यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागिता रहेको थियो । सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।

नेपालीको पहिचान गुम्ने खतराबाट बचाउनका लागि दिवसको शुरुआत गरिएको अभियन्ताहरुकाे भनाइ थियाे । विगत पाँच वर्षदेखि अंग्रेजी नयाँ वर्षको दिनमा ढाका टोपी दिवस मनाइने गरिन्छ ।

तपाइँको प्रतिक्रिया ।