भगवती युवा क्लब गोकर्णेश्वरले प्रतिनिधि सभा तथा प्रदेश सभा बिजयी सदस्यहरुलाई बधाई कार्यक्रमको आयोजना गर्यो
कपन अनलाइन
काठमाडौ,पौष १७।
गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा रहेको भगवती युवा क्लबले ढाका टोपी दिवस तथा अंग्रेजी महिनाको नया बर्षको अवसरमा आज प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा बिजयी सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राइ बिशेष अतिथि प्रदेश सभा क का सदस्य छिरिंग दोर्जे लामा ,प्रदेश सभा ख का सदस्य रामेश्वर फुयाल अतिथिहरुमा प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ , गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना , सहिद शान्ति पार्कका अध्यक्ष सुदर्शन सिग्देल , भगवती युवा क्लबका कानुनि सल्लहाकार राजेश बिष्ट,समाज सेवी पुण्य प्रसाद चौलागाई, भगवती युवा क्लबका पदाधिकारी तथा सदस्यहरु र विभिन्न सघ संस्थाका प्रतिनिधिहरु एवं स्थानीयहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको सभाध्यक्षता भगवती युवा क्लबका अध्यक्ष शिब राम कारंजित गरेका थिए भने कार्यक्रम संचालन शान्ति लामा (कारंजित) ले गरेकी थिइन ।
कार्यक्रमका सभापतिले प्रमुख अतिथि, बिशेष अतिथिहरुलाई ढाकाको टोपी र खादा लगाएर स्वागत गरेका थिए । उक्त कार्यक्रममा जेष्ठ नागरिकलाई पनि भादगाउले टोपी लगाइ दिएका थिए । सोहि कार्यक्रममा भगवती युवा क्लबका टेबल टेनिस खेलाडी रुशम न्यौपानेलाई प्रमुख अतिथि, बिशेष अतिथिहरुले हौसला प्रदान गर्दै टेबल टेनिस ब्याट हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृष्ण राइले राष्ट्रियतालाइ आत्मसाथ गर्नको लागि र हामि सबैलाई स्मरण गराउनको लागि यो ढाका टोपी दिवस आयोजना गर्ने आयोजक लाइ धन्यबाद दिदै उनले प्रतिनिधि सभा सदस्यमा आफुलाई बिजयी गराउने मतदाताहरुलाई धन्यबाद दिएका थिए उनले आफु अब कुनै राजनीतिक दलको नभई सबैको साझा भएको बताएका थिए उनले अंग्रेजी महिना को नया वर्ष को शुभकामना दिंदै भगवती युवा क्लब अझ बढी सामाजिक कामहरु गर्दै जानुपर्ने र त्यसमा आफ्नो ठाउ बाट जहिले पनि सहयोग रहने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा क बाट बिजयी भएका छिरिंग दोर्जे लामाले ढाका टोपी दिवस र बिजयी सदस्यलाई सम्मान गरेकोमा आयोजकलाई धन्यबाद दिएका थिए व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय टोपी भएकोले यसलाई संरक्षण गर्नु पर्ने बताएका थिए । उनले भगवती क्लबको आफ्नो भवन समेत नभएको अवस्थामा योजना सहित आएमा धेरै काम मिलेर गर्न सक्ने र त्यसमा आफ्नो सदैब सकारात्मक सहयोग रहने बताउदै अंग्रेजी महिनाको नयाँ बर्षको शुभकामना समेत दिएका थिए ।
सोहि कार्यक्रममा बोल्दै प्रदेश सभा ख बाट बिजयी भएका रामेश्वर फुयालले ढाका टोपीको माथिल्लो भागको चुचुरोले हिमालको प्रतिनिधित्व गर्ने,बीचको भिरालो भागले पहाडको प्रतिनिधित्व गर्ने र सवैभन्दा तलको समथर भागले तराईको प्रतिनिधित्व गर्ने बताउदै टोपीले सिंगो नेपालको प्रतिनिधित्व गर्ने भएकोले यसको महत्व अझ बढी भएको बताएका थिए। साथै उनले अब बागमती सफा राखौ र राजनीति सफा राखौ साथै भनसुन बिनाको राजनीति र मनसुन बिनाको सिचाई हुनुपर्ने भन्दै यस्ता क्लबहरु सामाजिक कामहरुमा पनि जोडिनु पर्दछ। यो खालको चेतना बृद्दीको लागि सामाजिक अभियानका हिसाबले भगवती युवा क्लब लाग्दै जानु पर्ने बताउदै ढाका टोपी दिवस र अंग्रेजी महिनाको नया बर्षको शुभकामना दिएका थिए । साथै उनले माघ १ गते हुन गई रहेको चौथो तारेभिर महोत्सबमा सहभागी हुन सबैलाई अनुरोध गरेका थिए ।