लिभरपुलले लेइसेस्टर सिटीलाई २-१ गोलले पराजित
कपन अनलाइन
एजेन्सी, १६ पुस । पहिलो हाफमा एक गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा सानदार कमव्याक गर्दा महत्वपुर्ण तीन अंक बटुल्न सफल भएको छ । लिभरपुलले लेइसेस्टर सिटीलाई २-१ गोलले पराजित गर्न सफल भएको छ ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा खेलको दोस्रो मिनेटमा नै लेइसेस्टरका जेम्स भर्डीले गोल गरेका थिए । पहिलो हाफमा राम्रो अवसरहरु सिर्जना गरेको लिभरपुल गोल गर्न भने चुकेको थियो ।
यस सिजन प्रिमियर लिगमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै आइरहेका मोहमम्द सलाहले दोस्रो हाफमा दुई गोल गरेका थिए । उनले खेलको ५३ औ र ७६ औ मिनेटमा गोल गरेका थिए । त्यस्तै गएराति नै भएको अर्को खेलमा इभर्टन एएफसी बोर्नेमाउथसँग २-१ गोलले पराजित भएको छ ।
तपाइँको प्रतिक्रिया ।