पशुपती क्षेत्रको क्रियापुत्री भवन परिसरमा रहेको पोखरी सफा गर्नुपर्यो (पाठक चौतारी )
कपन अनलाइन
काठमाडौ,पौष १६ ।
यो तस्विर पशुपती नाथको मन्दिर क्षेत्रमा रहेको क्रियापुत्री भवन परिसरमा रहेको पोखरीको हो । यस क्षेत्रमा दुखद घटना परेर क्रियापुत्री बस्नको लागि देशका सबै तह र तप्काका मान्छे हरु आउने गर्दछन । साथै यहाँ बसेका व्यक्तिहरुलाई भेट्न धेरै मान्छेहरु आउने गर्दछन र सबैको चासो यो पोखरी बन्ने गरेको छ । धेरैको प्रश्न हुन्छ यहाँ किन पोखरी सफा भएन ? पशुपती क्षेत्र निकै सफा भयो भनेर समाचार पढ्दा निकै खुसि लागेको छ तर जब यो पोखरीको छेउमा पुगेर हेरिन्छ । यसले नराम्रो लाग्छ त्यसैले यो पोखरी नियमित सफा गर्न र सफा पानी राख्न पशुपती क्षेत्र विकास कोष संग हार्दिक अनुरोध गर्दछौ ।
अनुरोध गर्ने
क्रियापुत्री भवनमा आउने आगन्तुकहरु
तपाइँको प्रतिक्रिया ।