कास्कूनको चौंधौं वार्षिक साधारण सभा सम्पन्न

कास्कूनको चौंधौं वार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौ, पौष १५ ।

काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) ले आफ्नो चौंधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता कास्कूनका अध्यक्ष केशवप्रसाद दंगालले गरेका थिए ।सञ्चालन सचिव नवराज अर्यालले गरेका थिए ।

कार्यक्रममा प्रगति महिला साकोस धुम्वाराहीलाई उत्कृष्ट साकोस सम्मान प्रदान गरिएको थियो । त्यस्तै कास्कूनका उपाध्यक्ष प्रकाश श्रेष्ठलाई प्रदेश सभा सदस्यमा निर्वाचित भएकोमा बधाइ तथा शुभकामना प्रदान गरिएको थियो ।

सभाले वार्षिक केशव प्रसाद दंगालले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन,गोबिन्द काफ्लेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन ,सचीव नवराज अर्यालले प्रस्तुत गरेको सचीवको प्रतिवेदन र लेखा समितिका संयोजकले प्रस्तुत गरेको प्रतिवेदनहरू पारित गर्दै आगामी वार्षिक कार्य योजना समेत पारित गरेको थियो । प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संघले विगतको २८  लाख घाटापूर्ति गर्दै नौ लाख नाफा गरेको समेत बताएको थियो।

तपाइँको प्रतिक्रिया ।