प्रिमियर लिगमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ गोलले पराजित

प्रिमियर लिगमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ गोलले पराजित

कपन अनलाइन

एजेन्सी, १४ पुस । बिहिबार राति भएको प्रिमियर लिगमा आर्सनलले क्रिस्टल प्यालेसलाई ३-२ गोलले पराजित गरेको छ । प्रशिक्षक रोय हुडसन आएपछि सुधारिएको खेल प्रदर्शन गरेको क्रिस्टल प्यालेसले आर्सनलाई कडा चुनौती दिएको थियो ।

खेलको २५ औ मिनेटमा गोल गर्दै मुस्ताफीले आर्सनललाई अग्रता दिलाएका थिए ।तर, क्रिस्टल प्यालेसका लागि टाउनसेण्डले खेलको ४९ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । तर, त्यसपछि आर्सनलका एलेक्सिस सान्चेज चम्किए ।

उनले खेलको ६२ औ र ६६ औ मिनेटमा गोल गर्दै आर्सनललाई दुई गोलको अग्रता दिलाए । खेलको ८९ औ मिनेटमा जेम्स टमकिन्सले क्रिस्टल प्यालेसका लागि गोल गरे ।यो जितसँगै आर्सनलको २० खेलमा ३७ अंक रहेको छ । क्रिस्टल प्यालेसको १८ अंक रहेको छ ।

तपाइँको प्रतिक्रिया ।