बिरामीलाई भत्ता दिने निर्णय केही दिनमै कार्यान्वयन हुन्छ : मन्त्री बोहरा
कपन अनलाइन
काठमाडौं, १४ पुस । दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र पक्षघात भएका बिरामीले केहि दिन भित्र भत्ता पाउने भएका छन् ।विहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएकालाई ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो ।
स्वास्थ्य मन्त्री दीपक बोहराका अनुसार बिरामीको स्वास्थ्य लाभ र जीविकोपार्जनका लागि सघाउनेगरी गरिएको उक्त निर्णय एक साता भित्र कार्यविधि बनाएर लागू गरिने बताएका छन् ।कार्यविधि बनाएर त्यस्ता बिरामीलाई सहजै भत्ता उपलब्ध गराउने तयारी स्वास्थ्य मन्त्रालयले थालिसकेको छ ।
बिरामीलाई दिने यस्तो भत्ताको रकम सूर्तिजन्य उत्पादनमा लगाइएको करबापत संकलन गरिने मन्त्रालयले जनाएको छ । यो शिर्षकमा दिइने रकम वार्षिक २ अर्ब भन्दा बढी हुने बताइएको छ ।
तपाइँको प्रतिक्रिया ।