अध्यादेशबारे राष्ट्रपतिले आज राजपासँग परामर्श गर्ने
कपन अनलाइन
काठमाडौं, ११ पुस । राष्ट्रिय सभा गठनबारे विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुसँग परामर्श थालेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले अध्यादेशबारे राष्ट्रिय जनता पार्टी (राजपा)सँग परामर्श लागेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।
दलीय सहमतिपछि मात्र अध्यादेश प्रमाणीकरण गर्ने अडान लिएकी राष्ट्रपतिले आज अपरान्ह ५ बजे परामर्श गर्दैछिन् ।
राष्ट्रपतिले यसअघि वाम गठबन्धनका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरेकी थिइन् ।
तपाइँको प्रतिक्रिया ।