निलो माइक्रो सेवाका कर्मचारीको भाषा र व्यवहार सुधार होस्(पाठक चौतारी )
कपन अनलाइन
काठमाडौ,पौष १०
म बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा बस्छु । म सधै यहाको सार्वजनिक यातायात प्रयोग गर्दछु र बिहान म क्याम्पस जान लागि यस क्षेत्रको निलो माइक्रो बस नियमित प्रयोग गर्दछु ।
हामीलाई त्यो माइक्रो चड्दा निकै समस्या पर्ने गरेको छ ।त्यस समितिमा रहेर माइक्रोमा काम गर्ने चालक र सह चालकहरुले निकै लाज लाग्ने भाषा प्रयोग गर्ने गरेका छन र तिनीहरुको व्यवहार पनि निकै निक्रिस्ट हुने गरेको छ ।
त्यहा महिला ,केटाकेटी र प्रौड सबै किसिमका मान्छे यात्रा गरिरहेका हुन्छन तर त्यसमा प्रयोग हुने भाषाले हामीलाई निकै असजिलो हुने गरेकोले सम्बन्धित समितिमा त्यस माइक्रो बस सेवामा व्यवहार र सेवाको तरिका परिवर्तन गरि सहज वातावरण बनाउन सम्बन्धित निकायले पहल गरोस भन्ने चाहान्छु ।
दिव्या घिसिङ
बुनपा १२
तपाइँको प्रतिक्रिया ।