यातायात व्यवस्था कार्यालय सुकेधाराबाट घुस लिदा लिदै दुइ कर्मचारी पक्राउ
कपन अनलाइन
काठमाडौ,पौष ९ ।
यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौंमा कार्यरत नायव सुव्बा यादव पौडेल र खरिदार सुमन पोख्रेलले साउदी अरेवियन सवारी चालक अनुमति-पत्रको आधारमा नेपाली सवारी चालक अनुमति-पत्र बनाई दिने (नेपालीकरण गर्ने ) प्रयोजनको लागि घुस लिदा लिदै पक्राउ परेका छन ।
सेवाग्राहीसंग विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल, काठमाण्डौबाट खटिइ गएको टोलीले लेखापढी व्यवसायी अशोक कार्की मार्फत घुस रकम वापतको रु. ३२,०००/- ( बत्तीस हजार ) लिइसकेको अवस्थामा कार्यालय परिसरबाट तिनै जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।
तपाइँको प्रतिक्रिया ।