बुनपा ३ कैलाश कोलोनीमा ३ महिना देखि धारामा पानी आएन (पाठक चौतारी )
कपन अनलाइन
काठमाडौ,पौष ७।
म बुढानिलकण्ठ नगरपालिका वडा नं ३ कैलाश कोलोनीमा बस्छु । पहिला पहिला यस स्थानमा खानेपानीको राम्रै सुविधा थियो तर करिव ३ महिना देखि हाम्रो घरको धारामा पानी आएको छैन ।
हामीले खानेपानी को कार्यालयमा गएर कुरा गर्दा अन्यत्र पनि पानी बाढ्नु पर्ने भन्दै उनीहरुले त्यति चासो दिएका छैनन् । हामीले ३ महिना देखि किनेर पानी खाई रहेका छौ ।पहिला एक पटकमा १५ सय तिर्नु पर्दथ्यो तर अहिले त्यो बढेर २५ सय भएको छ ।
स्थानीय तहको निर्वाचनमा एक घर एक धारा भन्ने नारा त् सुनेका थियौ तर अहिले त्यसको विपरितको अवस्था भोग्नु परेको छ ।
यस समस्याको यथा सिघ्र समाधानको लागि यो सार्वजनिक संचार माध्यम मार्फत अनुरोध गर्दछु ।
समिता केसी
बुनपा ३,कैलाश कोलोनी
तपाइँको प्रतिक्रिया ।