लक्ष्मी ग्रुपले विभिन्न सामाजिक कार्य गरि ४४ औं वार्षिकोत्सव मनायो

लक्ष्मी ग्रुपले विभिन्न सामाजिक कार्य गरि ४४ औं वार्षिकोत्सव मनायो

कपन अनलाइन 

काठमाडौ,पौष ७।

लक्ष्मी ग्रुपले विगत ४४ वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आएको छ । उक्त्त कुरालाई निरन्तरता दिने हेतुले यस वर्ष पनि २०७४ साल पुष ५ गते विभिन्न समाजिक कार्यक्रमको आयोजना गरि आफ्नो कर्पोरेट डे हर्षाेल्लासका साथ मनाएको छ ।
लक्ष्मी ग्रुपले २०७४ पुष ५ गते, स्थापना भएको ४४ वर्ष पुरा भएको उपलक्ष्यमा विभिन्न समाजिक कार्यक्रमहरुको आयोजना गरेको थियो ।
१. लक्ष्मी गु्रपले आफनो प्रधान कार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा “रक्तदान जीवनदान” भन्ने मुल नारालाई सार्थक गर्दै रक्तदान कार्यक्रमको आयोजना गर्यो  जसमा पोखरा स्थित कार्यालयमा १०७ तथा काठमाडौंमा स्थित कार्यालयमा ६९ गरि कुल १७६ जनाले रत्तदान गरेका थिए । रक्तदान कार्यक्रम संचालन गर्न आउनु भएका रक्तदाता, टेक्नीसियन तथा सहायकहरु लाई प्रमाणपत्र तथा मायाको चिनो स्वरुप उपहारहरु उपलव्ध गराइएको थियो ।
२. लक्ष्मी इन्टरकिन्टनेन्टल प्रा.लि द्धारा बुढानिलकण्ठ तथा भद्रकाली  मन्दिर परिसर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।
३. साथै नेपालमा भएका मष्तिस्क पक्षघातबाट पिडित बालबालिकाहरुको उत्थानमा कार्यरत S.G.C.P. Nepal का बालबालिकालाई स्कुल व्याग प्रदान गर्नुका साथै जादुगिरी कार्यव्रmम तथा विभिन्न खेलहरुको आयोजना गरेको थियो । S.G.C.P. Nepal पक्षघातबाट पिडित तथा उनका आफन्तजनको जीवन स्तर उकासनका लागि योगदान कार्यमा संलग्न संस्था हो । साथै लक्ष्मी गु्रप द्धारा सो संस्थाको नाममा रु. १५ लाख को आर्थिक सहयोग पनि गरिएको थियो ।
४. यसका साथै लक्ष्मी ग्रुपका अन्य भातृ संस्थाहरु सुजल फुड्स प्रा.लि., सुजल डेरी प्रा.लि., जया प्याकेजिङ्ग प्रा. लि., सुजल प्लाष्टिक प्रा.लि., लक्ष्मी इन्टरकिन्टनेन्टल प्रा.लि., र जय माँ इन्टरकिन्टनेन्टल प्रा.लि., आदि कम्पनीले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।
५. सुजल फुड्स प्रा.लि द्धारा नक्सालस्थित बाल मन्दिरका बालबालिकाहरुलाई विभिन्न कन्फेक्सनरी उत्पादनहरु वितरण गरिएको थियो ।

६. सुजल डेरी प्रा.लि द्धारा कपनस्थित बाल बिकास स्कुलका बालबालिकाहरुको लागि भोजन कार्यक्रमको आयोजना गरिएको थियो ।
७. साथै सुजल डेरी प्रा.लि. द्वारा Heart Beat Child Care  संस्थाका बिधार्थीहरुलाई दुग्धजन्य परिकारहरु वितरण गरिएको थियो ।
८. लक्ष्मी ग्रुपले आफनो व्यवसाय व्यवसायीक ढङ्गगले गर्दे आउनुको साथै यसले विगतलामो समयदेखी संस्थागत समाजीकउक्तरदायित्वको सन्र्दभमासमाजकाविभिन्न क्षेत्रमा सहयोग गर्दे आएको कुरा सगौरब जानकारी दिईयोको थियो । यसै सन्र्दभमा यस पटक आफनो बिशेषकार्यक्रममा लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि र विन्धयावाशिनी धार्मीक क्षेत्र बिकास समिति बिच लिफट निर्माण गर्ने को लागी सम्भौता पत्रमा हस्ताक्षर गरियो ।

हस्ताक्षर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि को तर्फबाट कार्यकारी निर्देशक श्री सुनिल श्रेष्ठ र विन्ध्यवासीनी धार्मीक क्षेत्र विकास समितिको तर्फवाट उपाध्यक्ष श्री पवित्र राज रेग्मीवाट गरिएको थियो ।

९. त्यसरी नै पोखरेली सास्कृतिक परिवारलाई यस ग्रुपका कार्यकारी निर्देशक श्री सुनिल श्रेष्ठज्युले पोखरेली सास्कृतिक परिवारको अध्यक्ष श्री दिपक समितज्यूलाई रु दुई लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।
१०. साथसाथै यस लक्ष्मी ग्रुपमा आवद्व लामो समय सम्म कार्यरत कर्मचारीहरु क्रमश श्री प्रल्हादभक्त कायस्थ, श्री टिकाराम वस्ताकोटी, श्री सुकदेव गिरी र श्री भुवन प्रसाद आचार्यलाई क्रमश २५ बर्ष र १५ वर्ष काम गर्नु भएकोमा सम्मानित गरियो ।

विगत ४४ वर्ष जस्तै आगामी वर्षहरुमा पनि लक्ष्मी ग्रुप ले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।