इपीएल : पोखरा राइनोजद्वारा काठमाडौं ६ विकेटले पराजित

इपीएल : पोखरा राइनोजद्वारा काठमाडौं ६ विकेटले पराजित

कपन अनलाइन

काठमाडौ, पौष ७ । कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं किंग्स-११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९८ रन बनाएको थियो। काठमाडौंको इनिङ्समा ओपनर सागर पुनले सर्वाधिक ३६ रनको योगदान गरे।

पहिलो ओभरमै पोखराका विक्रम सोबले काठमाडौंका अमित श्रेष्ठ र कप्तान फरविज महारुफलाई शुन्यमा आउट गरेका थिए। राजु रिजालले १७ तथा सोमपाल कामीले १० रन जोडे। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

पोखराका विक्रम सोब, कप्तान शक्ति गौचन र सुशन भारीले २-२ विकेट लिए।

पाकिस्तानी खेलाडी इस्रारउल्लाहले नटआउट ४५ रन बनाएपछि पोखराले सहज जित हात पारेको हो। ४८ बल खेलेका इस्राररुल्लाहले ३ चौका र २ छक्का प्रहार गरे। यस्तै ओपनर सुनिल धमलाले २० रनको योगदान गरे। पहिलो विकेटका लागि इस्रारउल्लाह र धमलाले ३८ रनको साझेदारी गरेका थिए। कप्तान शक्ति गौचन १८ रनमा नटआउट रहे।

तपाइँको प्रतिक्रिया ।