सरकार गठन र पार्टी एकीकरण सँगसँगै गर्छौं :केपी ओली

सरकार गठन र पार्टी एकीकरण सँगसँगै गर्छौं :केपी ओली

कपन अनलाइन

काठमाडौं,पौष ५ ।

बुधबार राजधानीमा काठमाडौंबाट विजयी वाम गठबन्धनका प्रदेशसभा र प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीसँगको पार्टी एकताको विषयमा सरकार गठन र पार्टी एकीकरण सँगसँगै गर्ने बताए छन् । उनले पार्टी एकतालाई केही शक्तिहरुले अहिले भाँड्न खोजि रहेको आरोप लगाउँदै जसरी पनि दुई पार्टीको एकता गरेरै छाड्ने जिकिर समेत गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन सम्वन्धी अध्यादेशलाई लिएर राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भएमा असन्तुष्टि जनाउदै ओलीले सरकारको ध्यानाकर्षण गराउदै  सरकारका मन्त्रीहरु आफ्नो हैसियत बुझेर कुरा गर्न आग्रह समेत गरेका छन् । अब बन्ने सरकारले भ्रष्टाचार विरुद्ध कडा रबैया अपनाउने र भ्रष्टाचारमा संलग्न पाइए रानजीतिक, कर्मचारी वा व्यापारी कसैलाई नछाड्ने बताएउदै ओलीले वाम गठबन्धनका जनप्रतिनिधिहरुले इमान बेचे वा लापरवाही गरे शैहृय नहुने बताउदै सचेत पनि गराएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कांग्रेसलले विगतमा जस्तै कम्युनिष्टहरुलाई लडाएर खाने लोकतन्त्र खोजेको हो भने सम्भव नभएको बताएका छन् । उनले भने, ‘निर्वाचित शक्तिलाई सरकारमा जान रोक्न खोज्नेलाई छोड्दैनौं ।’

उनले पार्टी एकताबाट भाग्ने छुट कसैलाई पनि नभएको बताउदै अब एमाले र माओवादीको संयुक्त व्यानरमा नभई एकीकृत कम्युनिष्ट पार्टीको ब्यानरमा कार्यक्रम गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा काठमाडौबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यहरु माधवकुमार कुमार नेपाल,कृष्ण राई, ईश्वर पोखरेल,रामबिर मानन्धर, जीवनराम श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठ र प्रदेशसभा सदस्यहरु गणेश दुलाल, मणिराम फुयाल, सानु कुमार श्रेष्ठ, रामेश्वर फुयाल, कुसुम कुमार कार्की, नारायण सिलवाल, दिपक निरौला, केसब स्थापित, योगेन्द्र संगौला, बसन्त मानन्धर, प्रकास श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, राजेश शाक्य, अजयक्रान्त्री शाक्य, केशव प्रसाद पोखरेल,रमा आले मगरलाई बधाई  एवं शुभकामना  दिएको थियो ।

कार्यक्रमको सभा अध्क्षयता नेकपा एमाले काठमाडौं संगठन कमिटिका सचिब एबं काठमाडौं महानगरपालिकाका मेयेर बिद्या सुन्दर शाक्यले गरेका थिए भने कार्यक्रम संचालन नेकपा एमाले काठमाडौं संगठन कमिटिका सदस्य एबं कार्यालय सचिब निर्मल देउलाले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।