इपीएल टि—२० प्रतियोगिताको दोस्रो संस्करण आजबाट सुरु हुँदै

कपन अनलाइन

काठमाडौंं, पौष ३।

नेपालको बहु प्रतिक्षित हुँदै इपीएल टि—२० प्रतियोगिताको दोस्रो संस्करण आजबाट सुरु हुदै छ । आज हुने  उद्घाटन खेलमा श्रीलंकाका परवेज महारुफको कप्तानीमा रहेको काठमाडौं किंस इलाभेन र ज्ञानेन्द्र मल्लको कप्तानीमा  रहेको ललितपुर प्याट्रियट्सले आपसमा प्रतिस्पर्धा गर्दै छन् । दुवै टोली सुरुवाती जित निकाल्ने दाउमा रहेका छन् ।आज बिहान ११ बजेबाट ललितपुर क्रिकेट मैदानमा यी दुई बीचको खेल हुने छ ।

प्रतियोगितामा काठमाडौं किंस इलाभेन, ललितपुर प्याट्रियट्स, भैरहवा ग्याडियर्टस, बिराटनगर वायरियर्स, पोखरा राईनोज र चितवन टाइगर्स सहित ६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

तपाइँको प्रतिक्रिया ।