त्रिवेणी कप पुस १२ देखि बेँसीशहरको त्रिवेणी रंगशालामा सुरु हुदै

त्रिवेणी कप पुस १२ देखि बेँसीशहरको त्रिवेणी रंगशालामा सुरु हुदै

कपन अनलाइन 

बेसीशहर, लमजुङ, पौष ३।

जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको त्रिवेणी कप फुटबल प्रतियोगिता पुस दोस्रो साता देखि सुरु गर्ने क्लबले सदरमुकाम बेँसीशहरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । बेँसीशहरको त्रिवेणी रंगशालामा हुने प्रतियोगिताको विजेतालाई नगद रु तीन लाख, उपविजेतालाई रु एक लाख ५० हजार पुरस्कार दिइने बताइएको छ ।

यस्तै सेमीफाइनल उपविजेता दुई समूहलाई नगद रु ५०÷५० हजार प्रदान गरिने आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष छवीन्द्र गुरुङले बताएका छन् । यसैगरी अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीलाई नगद रु १५÷१५ हजार, अनुशासित टिमलाई रु १० हजार र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए  ।

विगत २६ वर्षदेखि त्रिवेणी युवा क्लबले त्रिवेणी प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको उपाधि कुखुराको भालेबाट शुरु गरेको क्लबले गत वर्षबाट रजतजयन्ती मनाए सँगै यो क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार राशि बनाएको हो ।

तपाइँको प्रतिक्रिया ।