पोखरामा संगम कप फुटबल प्रतियोगिता शुरु

पोखरामा संगम कप फुटबल प्रतियोगिता शुरु

कपन अनलाइन 

पोखरा, पौष २ ।

संगम क्लब पोखराद्वारा आयोजित छैटौँ संस्करणको संगम कप फुटबल प्रतियोगिता शनिबार देखि पोखरा रंगशालामा शुरु भएको छ।  विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सहित २३ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता टिमले रु एक लाख २५ हजार, उपविजेताले रु ६५ हजार नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष दर्शन लामाले उद्घाटन गर्दै युवालाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्न खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए थिए  ।

पुस ७ गते सम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन खेलमा हेम्जा युनाइटेड क्लबले काजी पोखरी एफसीलाई ४–१ ले पराजित गर्यो  भने दोस्रो खेलमा आरटी सेन्टरले प्वाइन्ट स्र्कलको टोलीलाई २ शून्यले पराजित गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।