अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले प्रायोजन गर्ने

अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले प्रायोजन गर्ने

कपन अनलाइन 

काठमाडौं मंसिर २८ ।

अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । मंगलवार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर सरोज शर्मा ढुगांना बीच सम्झौता पत्र आदन–प्रदान भएको छ ।

मंसिर २८ गते बाट संचालन हुने एक दिवसीय फुटसल प्रतियोगिता सम्झौता पश्चात एभरेष्ट बैंक अन्तर कलेज फुटसल प्रतियोगिताको नामले संचालन हुने भएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सेठले सम्झौता पत्रमा हस्ताक्षर पश्चात राष्ट्रको गौरब बढाउने एकताको प्रतिक खेल क्षेत्रसग हाम्रो संस्था जोडिन पाउदा गौरवान्बित भएको धारणा ब्यक्त गरे । त्यस्तै आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर ढुगांनाले दिगो दरिलो बिश्वासिलो स्लोगनका साथ प्रतिष्ठा कमाएको एभरेष्ट बैंकले खेल क्षेत्रमा पुर्याएको सहयोग प्रति आभार ब्यक्त गरे ।

लाजिम्पाट स्थित एभरेष्ट बैंक केन्द्रिय कार्यलयमा सम्पन्न सम्झौता पत्र हस्ताक्षर समारोहमा एभरेष्ट बैंकका नायब महा प्रबन्धक राजिब जैन,सहायक महा प्रबन्धक केशवराज पौडेल, बरिष्ठ प्रबन्धक रन्जन खड्का लगायतको उपस्थिति रहेको थियो । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागि २० टिमलाई ४ समूहमा बिभाजन गरिएको छ । प्रतियोगिताको बिजेता टिमले ५५ हजार र उपबिजेता टिमले २५ हजार नगद प्राप्त गर्ने छन् । मुख्य प्रायोजन गरेको एभरेष्ट बैंकको सम्झौता अनुसार नगद पुरस्कार, शिल्ड, मेडल, ब्यानर र ब्यवस्थापन तर्फको सबै जिम्मेवारी लिएको छ ।

तपाइँको प्रतिक्रिया ।