रामहरी खतिवडाको तारिफ योग्य सदासयता
कपन अनलाइन
ओखलढुंगा ,मंगसिर २४
नेपाली कांग्रेसका नेता एबम ओखलढुंगा जिल्लामा प्रतिनिधि सभाका उम्मेदवार रामहरी खतिवडाले निकै राम्रो सदासयता देखाउदै उनका प्रतिद्वन्दी यज्ञराज सुनुवारलाई मत गणना स्थलमै भेटेर बधाई दिएका छन।खतिवडाले सुनुवारलाई जीतको सुभकामना दिदै माला लगाई अंकमाल गरेका थिए भने आगामी दिनमा जिल्लाको विकासका लागि हुने सबै काममा सहयोग गर्ने बताएका थिए।
पहिला संसदमा हुदा पनि विविध रचनात्मक कार्य गरेका खतिवडा सक्रिय र चर्चित संसद थिए। उनले अहिले देखाएको सदासयता तारिफ योग्य रहेको मत गणना स्थलमै उपस्थित रहेका एक एमाले नेताले बताए ।
आइतबार विहान मत गणना सकिँदा यज्ञराज सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका थिए ।उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरेका छन् । सुनुवारले ५ हजार २ सय ५३ मतले खतिवडालाई पछि पारे । ओखलढुंगामा प्रतिनिधि सभातर्फ ६५ हजार ८ सय २१ मत खसेको थियो । खसेको मत मध्ये ४ हजार ७८ मत बदर भएको थियो ।