यज्ञराज सुनुवारको मतदातालाई धन्यवाद
कपन अनलाइन
ओखलढुंगा ,मंगसिर २४
ओखलढुंगा जिल्लामा प्रतिनिधि सभा क्षेत्रमा विजयी बने पश्चात यज्ञराज सुनुवारले सामाजिक संजाल मार्फत सबैलाई धन्यवाद दिएका छन।
प्रतिनिधीसभामा वाम गठबन्धनका उम्मेदवार एमाले केन्दि्रय सदस्य यज्ञराज सुनुवार विजयी भए । आइतबार विहान मत गणना सकिँदा सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएा हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ हजार २७ मत प्राप्त गरेका छन् । सुनुवारले ५ हजार २ सय ५३ मतले खतिवडालाई पछि पारे । ओखलढुंगामा प्रतिनिधि सभातर्फ ६५ हजार ८ सय २१ मत खसेको थियो । खसेको मत मध्ये ४ हजार ७८ मत बदर भएको छ ।
उनको सामाजिक संजालको सन्देस :
ओखलढुंगे आमाबुबा दाजु भाइ तथा दिदी बहिनीहरु ,
प्रतिनिधि सभा निर्बाचन मार्फत प्रतिनिधि सभा सदस्यमा बिजय गराउनु हुने सम्पुर्ण ओखलढुंगे मतदाता,निर्बाचनलाइ स्वच्छ निष्पक्ष एबम भयरहित बाताबरणमा सम्पन्न गराउन महत्त्वपूर्ण भुमिका खेल्नुहुने मुख्य निर्बाचन अधिकृत , निर्बाचन सम्पन्न गराउन खटिनु हुने सम्पुर्ण राष्ट्रसेवक कर्मचारी ,चारै तह सुरक्षा निकायका सुरक्षाकर्मि लगायत सम्पुर्णमा हृदयको गहिराइबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु।निर्बाचनको समयमा प्रतिस्पर्धामा रहनु भएको सम्पुर्ण उम्मेदवार साथिहरुलाइ म सहयोद्दा सम्झदै उहाँहरुले प्रस्तुत गर्नु भएको घोषणा पत्रलाइ खल्तीमा बोकेर त्यस भित्रका सकारात्मक पक्षहरुको कार्यन्वयन गराउदै जिल्लाको बिकासको निमित्त अहोरात्र कृयाशिल रहने प्रतिबद्धता ब्यक्त गर्दछु । यस एतिहासिक घडिमा देश बिदेसबाट बधाइ ज्ञापन गर्नु हुने सम्पुर्ण शुभेक्छुक शुभचिन्तक सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
यज्ञराज सुनुवार
सांसद
प्रतिनिधि सभा ,ओखलढुंगा