निर्मल कुइकेलले मतदातालाई धन्यवाद दिए

निर्मल कुइकेलले मतदातालाई धन्यवाद दिए

कपन अनलाइन

काठमाडौ,मंगसिर २३ /उत्तम अधिकारी

काठमाडौं निर्वाचन क्षेत्र नम्वर चार प्रदेस सभा १ का बाम गठबन्धन उम्मेदवार निर्मल कुइँकेलले मतदाताप्रती धन्यवाद ज्ञापन गरेका छन् ।

अन्तिम मत परिणाम सार्वजनिक भएपछी एमाले नेता कुइँकेलले मतदातालाई लिखित धन्यवाद दिएका हुन् ।  उनले मंगसिर २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उत्साहजनक रुपमा मतदानमा सहभागी भएकामा क्षेत्र नं ४अन्तर्गत प्रदेश सभा १ का कामपा वडा नम्वर १,७,८ र ३० का सम्पूर्ण मतदातामा धन्यवाद ज्ञापन गरेका छन् ।

नेता कुइँकेलले निर्वाचन अभियानका क्रममा अथक परिश्रम र मिहिनेतका साथ् निरन्तर रुपमा अहोरात्र खटेका सम्पूर्ण पार्टी कार्यकर्ताहरु, समर्थक, शुभचिन्तक तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याएका सबैमा धन्यवाद ज्ञापन गरेका छन् । साथै उनले बिजयी उम्मेदवारलाई बधाई समेत दिएका छन् ।

उनि नेपाली कांग्रेसका प्रतिस्पर्धी उम्मेदवार नरोत्तम बैद्यसंग ८२५ मतले पराजित भएका छन् ।  उनले ७७९४ मत प्राप्त गरेका थिए । उनले धन्यवाद ज्ञापन सार्वजनिक गर्दै प्रतिस्पर्धामा जित हारलाई सामान्य रुपमा ग्रहण गरेको उल्लेख गरेका छन् । एमालेका शालीन ,कुशल संगठक र बैचारिक नेताको परिचय बनाएका कुइँकेलले सम्पन्न भएको निर्वाचन मार्फत मतदाताबाट प्राप्त सम्मानित मतको सधैं कदर गर्ने बताउदै निरन्तर जनतासंगै रहने प्रतिबद्धता गरेका छन् ।

यस्तो छ कुइँकेलले सार्वजनिक गर्नुभएको धन्यवाद ज्ञापन 

धन्यवाद ज्ञापन
—————-
काठमाडौं क्षेत्र नम्वर ४, प्रदेश १ का आदरणीय मतदाताहरु,
मंगसिर २१ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उत्साहजनक रुपमा मतदान गर्नुभएकोमा क्षेत्र नम्बर चार अन्तर्गत म उम्मेदवार रहेको प्रदेश सभा १ का कामपा वडा नम्वर १,७,८ र ३० का सम्पूर्ण मतदातामा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

सम्पन्न भएको निर्वाचन मार्फत यहाँहरुबाट प्राप्त सम्मानित मतको सधैं कदर गर्दै निरन्तर यहाँहरुसंगै रहेको जानकारी गराउदछु । प्रतिस्पर्धामा जित हारलाई सामान्य रुपमा ग्रहण गर्दै यस क्षेत्रका जनताको सेवामा समर्पित रहिरहने प्रतिबद्धता यहाँहरुसमक्ष जाहेर गर्दछु ।

निर्वाचन अभियानका क्रममा अथक परिश्रम र मिहिनेतका साथ् निरन्तर रुपमा अहोरात्र खटिनु भएका सम्पूर्ण पार्टी कार्यकर्ताहरु, समर्थक, शुभचिन्तक तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनु भएका सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै निर्वाचित हुनु भएका उम्मेदवारलाई बधाई ज्ञापन गर्दछु ।

स -धन्यवाद
निर्मल कुइँकेल

 

तपाइँको प्रतिक्रिया ।