गगन थापा भेट्न अस्पताल पुगेका डा. भट्टराईका सहयोगी माथि दुर्व्यवहार

गगन थापा भेट्न अस्पताल पुगेका डा. भट्टराईका सहयोगी माथि दुर्व्यवहार

कपन अनलाइन

काठमाडौ,मंगसिर १८

बुढानिलकण्ठ २ माथिल्लो भंगालमा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अज्ञात व्यक्तिको बम प्रहारबाट घाईते भएका काग्रेश नेता गगन थापा लाई भेट्न अस्पताल पुगेका डा. राजन भट्टराईका सहयोगी माथि दुव्र्यवहार भएको छ । अस्पताल परिसरमा जम्मा भएका काग्रेश नेता कार्यकर्ताहरुले उनका सहयोगी पुष्प भट्टराई माथि दुर्व्यवहार गरेका हुन् ।कांग्रेस कार्यकर्ताले भट्टराईलाई दुई मुक्का र एक थप्पड हानेको भट्टराईले कपन अनलाइनलाई बताए।

यस सन्दर्भमा बम बिस्फोट र दुर्व्यवहारको घटना प्रति बाम गठ बन्धन काठमाडौं क्षेत्र नं ४ ले बिज्ञप्ति जारि गर्दै निन्दा व्यक्त गरेको छ ।

तपाइँको प्रतिक्रिया ।