माधवकुमार नेपालको चुनावी चटारो
कपन अनलाइन
काठमाडौ,मंगसिर १८ /कालिका खड्का
मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मत माग्ने निकै चटारो छ ।
वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले)का नेताका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार दीपक कुइँकेल रहेका छन । नेपाल र कुइँकेल दुवै घरदैलोमा भोट माग्न व्यस्त छन । निर्वाचनको समय नजिक आइसकेको हुनाले भोट माग्ने अन्तिम क्षणमा पनि सभा, समारोह र घरदैलोमा पुगिरहहेका छन ।
सो निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरपालिका–९ र ३२, कागेश्वरी मनहरा नगरपालिकाको ४ देखि ९ नंसम्मका वडा र शंखरापुर नगरपालिकाका नौ वटै वडा समेटिएका छन् ।
सो निर्वाचन क्षेत्रका वाम गठबन्धनका उम्मेदवार नेपाल र काँग्रेसका उम्मेदवार कुइँकेल दुवैले आ–आफ्ले जित्ने दाबी गरेका छन । मत आफ्नो पक्षमा पार्नका लागि दौडधुप पनि उत्तिकै चलिरहेको छ ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार सो निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या ६४ हजार ७५६ छन ।
स्थानीय तहको निर्वाचनमा आएको मत परिणामलाई हेर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) मत १९ हजार १९६ रहेको छ । यहाँ काँग्रेसको मत १५ हजार ६२७ रहेको छ । यो निर्वाचन क्षेत्रमा काँग्रेसभन्दा एमाले एक्लैको मत तीन हजार ५६९ बढी छ । यसमा माओवादीको कूल मत पाँच हजार ७३२ जोड्दा २४ हजार ९२८ पुग्छ । यसरी हेर्दा वाम गठबन्धनको मत नौ हजार ३०१ मत बढी छ ।
नेता नेपालले आफ्नो जित सुनिश्चित रहेको उल्लेख गर्दै भने , “मेरो जित सुनिश्चित छ, स्थानीय तहको निर्वाचनको मतलाई हेर्दा पनि मैले जितिसके, मलाई जिताउन यस क्षेत्रका जनता आतुर छन ।” नेता नेपाल आफूले निर्वाचन जित्नेमा ढुक्कछन ।
नेपाली काँग्रेसका उम्मेदवार कुइँकेलले भने , “निर्वाचन जिप्नेमा म ढुक्क छु, मतदाताको मन, साथ र सहयोगले मैले चुनाव जित्छु ।” कुइँकेललाई पनि आफूले निर्वाचन जित्ने आशा बढेर गएको छ ।
उम्मेदवार नेपाल र कुइँकेलको चुनाव जित्छु भन्ने आधार त्यहाँको विकास निर्माण र जनताको मत जित्नु नै हो । सो निर्वाचन क्षेत्रबाट संविधानसभा पहिलोमा हार ब्यहोर्नु भएका नेता नेपाल दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । । नेता नेपालले छोडेपछि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कुइँकेल विजयीभएका ।
मत माग्ने समय पनि निकै अन्तिम चरणमा पुगेको छ । अब मतदातालाई रिझाउन सक्नेले बढी मत ल्याउने देखिन्छ । कोटेश्वरीकी मतदाता मनमाया श्रेष्ठले भन्नुभयो, “सडक, खानेपानीको विकासदेखि लिएर जनताको दुःखमा जस्ले हेर्छ, उसैलाई मत दिने हो ।” मनमायाको भनाइले पनि जुन उम्मेदवारले मतदाताको मन जिप्न सक्छ । उसैको भागमा मत पर्ने पक्का छ ।
वाम गठबन्धनका तर्फबाट सो क्षेत्रको प्रदेश (क)मा सानु श्रेष्ठ, प्रदेश (ख)मा मणिराम फँुयाल हुनुहुन्छ भने नेपाली काँग्रेसबाट प्रदेश (क)मा लोकेश ढकाल र प्रदेश (ख)मा मनहरि खड्का उम्मेदवार हुनुहुन्छ । प्रदेशसभाका उम्मेदवारहरु पनि मत माग्ने हतारोमा छन।