काठमाडौ महानगरपालिका वडा नं ७ मा डा. राजन भट्टराईको घर दैलो

काठमाडौ महानगरपालिका वडा नं ७ मा डा. राजन भट्टराईको घर दैलो

कपन अनलाइन 

काठमाडौ,मंगसिर १७।

बाम गठबन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार डा. राजन भट्टराईले आज कामपा ७ मा घर दैलो गरेका छन ।मंगसिर २१ गतेको निर्वाचनमा सुन्य समय सुरु हुन् केहि घण्टा बाकि रहेको अवस्थामा भट्टराई अहिले आफ्नो तुफानी गतिमा चुनावी भेटघाट र घर दैलो अभियानमा रहेका छन ।

भट्टराई संगै कामपा वडा नं ७ का जनप्रतिनिधिहरु ,नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ का पुर्व सचिव टिका पराजुलीको साथमा स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

डा. भट्टराईले घर दैलो को क्रममा काठमाडौं महानगरपालिका वडा नं ७ आफ्नो बाल्यकाल देखिको समय बिताएको समय रहेकोले यहाका हरेक समस्या र जनताका दुख संग नजिक रहेकोले तिनको समाधानमा भूमिका खेल्ने बताउदै मत मागेका थिए ।

उनलाई घर दैलोको क्रममा स्थानीयहरुले खादा .अविर ,माला ले स्वागत गर्नुका साथै सगुनको रुपमा दहि खुवाएर आत्मियता साटेका थिए ।

तपाइँको प्रतिक्रिया ।