रविन्द्र मिश्रकी दिदि डा. मन्जु मिश्रले बाम गठबन्धनको पक्षमा मत मागिन

रविन्द्र मिश्रकी दिदि डा. मन्जु मिश्रले बाम गठबन्धनको पक्षमा मत मागिन

कपन अनलाइन

काठमाडौ,मंगसिर १७ ।

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र की दिदि डा. मन्जु मिश्रले बाम गठबन्धनको पक्षमा मत मागेकी छन ।बुढानिलकण्ठ नगरपालिका वडा नं ११ पैयाटारमा आयोजित भेलालाई सम्बोधन गर्दै मिश्रले राजनीतिक स्थायित्व र अग्रगमनका लागि यस पटक बाम गठबन्धनलाई  मत दिनुपर्ने बताएकी हुन् ।

नेपालमा पहिलो पटक निजि स्तरमा पत्रकारिताको अध्यापन गर्ने कलेज संचालन गरेकी मिश्रले रुस बाट पत्रकारितामा बिद्याबारिधि गरेकी छन ।नेपालमा पहिलो पटक आमसंचार विश्व बिद्यालय स्थापनाको अभियानमा सक्रिय रहेकी मिश्र निर्भिक र प्रस्ट विचार राख्ने विद्वत महिलाको रुपमा परिचित छन ।

आज बिहान आयोजना भएको सो भेलामा काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्की ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी , सदस्य बिमल लामा ,नेकपा एमाले बुनपा ११ का अध्यक्ष हरिराम ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।