बाम गठबन्धन काठमाडौं ४ को बृहत बुद्दिजीवी भेला सम्पन्न

बाम गठबन्धन काठमाडौं ४ को बृहत बुद्दिजीवी भेला सम्पन्न

कपन अनलाइन 

काठमाडौ,मंगसिर १६ ।

बाम गठ बन्धन काठमाडौं क्षेत्र नं ४ बुद्दिजीवी सहयोग समितिको बृहत भेला सम्पन्न भएको छ ।चावहिल स्थित ए वान पार्टी प्यालेसमा भएको सो कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य एबम निर्वाचन परिचालन कमिटि काठमाडौं क्षेत्र नं ४ का संयोजक धर्म दत्त देवकोटा रहेका थिए ।कार्यक्रममा काठमाडौं क्षेत्र नं ४ प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार डा. राजन भट्टराई ,प्रदेस क्षेत्र १ का   उम्मेदवार निर्मल कुइकेल ,प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम  कुमार कार्की ,समानुपातिक तर्फका उम्मेदवारहरु निर्मल देउला ,सुन्दर पुर्कुटी,अमर विक र सुनिल कुमार मानन्धरको  पनि उपस्थिति रहेको  थियो ।

बुद्दिजीवी सहयोग समिति काठमाडौं ४ का संयोजक प्रा.जगत प्रसाद उपाध्यायको अध्यक्षतामा भएको सो कार्यक्रममा ठाकुर प्रसाद खकुरेल, सुरेस कर्माचार्य ,राजेश भट्टराई ,बिष्णु लामिछाने ,सीता ओझा ,डा .ऋषिराम आचार्य ,प्रा.डा रामचन्द्र भट्टराई ,प्रा.डा विदुर उपाध्याय ,प्रा .डा.गणेश गुरुङ ,प्रा.डा शिव कुमार राई ,प्रा.डा गोपाल पोख्रेल , राम कुमार श्रेष्ठ ,परमानन्द शाक्य ,विदुर वस्ती र महेन्द्र बहादुर कार्की ,भवानी दाहाल,विश्वमनी  सुवेदी  लगायत विभिन्न क्षेत्रका प्रभुद्ध ब्यक्तितहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रदेस क्षेत्र १ का उम्मेदवार निर्मल कुइकेलले देशमा स्थायित्व र विकासका लागि बाम गठ बन्धनको जीत हुनुपर्ने भन्दै ऐतिहासिक महत्व बोकेको आफ्नो क्षेत्रमा जनताले यस पटक आफुलाई रोज्ने बताएका थिए ।महानगरका ४ वटा वडा रहेको प्रदेस १ मा जनमत बढ्दै गएको भन्दै कुइकेलले सम्पूर्ण  बुद्दिजीवीलाई सहयोगको अपिल गरेका थिए ।

त्यस्तै प्रदेस क्षेत्र २ का उम्मेदवार कुसुम कुमार कार्कीले यस क्षेत्रमा बुद्दिजीवीहरुले सधै पार्टी र संगठन निर्माणमा सहयोग गरेको भन्दै यो निर्वाचनमा पनि दरिलो साथ पाएकोमा धन्यवाद दिएका थिए ।२ पटक क्षेत्रीय अध्यक्ष  भएका कार्कीले क्षेत्र नं ४ का १२ वटै शाखामा रहेका बुद्दिजीवी हरु संग सहकार्य गर्ने अवसर आफुले पाएको भन्दै उनीहरुको उर्जा र सोचले केहि नया काम गर्न प्रेरणा प्रदान गरेको धारणा  राखेका थिए ।

सो कार्यक्रममा बोल्दै डा. राजन भट्टराईले अगिल्लो पटक भन्दा यस पटक काठमाडौं ४ मा बुद्दिजीवीहरु सक्रिय बनेको भन्दै यो परिवर्तनको समयमा बाटो देखाउने पथ प्रदर्शक को काम बुद्दिजिविको भएको बताए । उनले आफु पार्टी संगठनको क्षेत्रमा बुद्दिजीवीहरुको नजिक भएको भन्दै  सबैलाई सचेत बनाउने कार्यभार बुद्दिजिविको काधमा आएको बताएका थिए ।आफुले घर दैलोको  क्रममा जनताको अपार माया र     समर्थन प्राप्त गरेको बताउदै डा. भट्टराईले अवका केहि घण्टा सचेत भएर लाग्न सबैलाई अनुरोध गरेका थिए ।

प्रमुख अतिथि देवकोटाले बुद्दिजीवीहरुको भूमिकाका बारेमा धारणा राखेको सो कार्यक्रममा ठाकुर प्रसाद खकुरेलले सबैलाई स्वागत गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।