मेरो नजरमा कुसुम कुमार कार्की

मेरो नजरमा कुसुम कुमार कार्की

कपन अनलाइन 

काठमाडौं ,मंगसिर १३।

मैले कुसुम कुमार कार्कीलाई २०४९ सालको  स्थानिय निकायको  चुनाबमा महाँकाल गाबिसको  उपाध्यक्ष को उमेदवार शिफारिस हुदा चिनेको हो  ।

उहाले   उपाध्यक्ष जितेपछि काम गर्ने शैली मलाई निकै राम्रो  लाग्यो  ।त्यस बेलै मलाई यो  युवा साथिको  आगामी दिन उज्जल छ भन्ने लागेको  थियो  ।पछि पार्टीको  काम गर्ने सवालमा पनि हामी एउटै कमिटीमा काम गर्ने मौका मिल्यो । नेकपा एमाले काठमाडौ जिल्ला क्षेत्र नं . ३ को  ईलाका कमिटी क्षेत्रिय कमिटी झण्डै ६ बर्ष काम गरियो । त्यस समय उहामा मैले योजना बद्ध तरिकाले संगठन चलाउने कला रहेको महसुस गरे ।२०५४ सालमा उहाँ महाँकाल गाबिसको  अध्यक्ष बन्नु भयो ।

उहाले आँफु मात्र अध्यक्ष हुँ भन्नू भएन ।एउटा नियम  बनाउदै उपाध्यक्षलाई कार्यभार र वडा अध्यक्षहरुलाई पनि आलो पालो समय मिलायर कार्वाहक अध्यक्ष सुम्पेको मलाई  अझै याद छ ।यसलेउहामा नेतृत्व विकास गर्नु पर्छ भन्ने भावना र चाहना रहेको प्रस्ट देखिन्थ्यो ।त्यस  वेला यसरी वडा अध्यक्षहरुलाई आफ्नो अध्यक्षको  कार्यभार सुम्पने अध्यक्ष कुशुम कुमार नै थिए  ।

म त्यो बेलामा ईलाका स सचिब थिए । भोलिका अध्यक्ष तपाई वडा अध्यक्ष हो  अनुभव गर्न पर्छ भनेर सिकाउने नेता कार्की रहेका थिए ।यसले उहामा नेतामा हुनु पर्ने गुण प्रचुर मात्रामा रहेको अनुभव मलाई भयो ।

उहा दुई पटक काठमाडौं क्षेत्र नं ४ को  क्षेत्रिय अध्यक्ष हुनु भयो ।म काठमाडौं जिल्ला कमिटि सदस्य रहदा उहा क्षेत्रको अध्यक्ष हुनु हुन्थ्यो जुन समय हामीले निरन्तर सहकारी गर्ने अवसर पायौ ।आज म जिल्लाकमिटि सदस्य र प्रदेश सभा ४ / २ को संयोजक छु र उहा प्रदेस क्षेत्रको उम्मेदवार हुनु हुन्छ ।हामी अहिले सम्म पनि निरन्तर सहयात्रामा छौ ।

कार्कीमा म केहि विशेष गुण देख्दछु ।उहा एउटा सफल जन प्रतिनिधि , सफल व्यवसायी र सघन जन सम्पर्क भएको नेता हुनुहुन्छ ।उहाको नेतृत्वमा संचालन भएका उत्तर विन्दु सहकारी ,हिमनदी पर्यटन सहकारी ,नुवाकोटमा रहेको होटल वाटर टावर हेर्दा नै उहा संग यस क्षेत्रको विकास गर्ने उर्जा ,योजना र इच्छा शक्ति भरपुर रहेको देखिन्छ र यस्ता सरल नेतार मेरा मित्रको चुनावी कमान्डर बनेर अभियान संचालन गर्दै गर्दा मैले निकै खुसि महसुस गरेको छु ।

तपाइँको प्रतिक्रिया ।