चालकरहित विमान कारबाहीमा सात मारिए
कपन अनलाइन
आडेन, १० मङसिर । दक्षिण यमनमा एक हवाई आक्रमणमा परी कम्तीमा सात सदिग्ध अल कायदा आतङ्ककारीहरु मारिएका छन् । एक सुरक्षा अधिकारीले आइतबार सो जानकारी दिएको छ । यमनमा भरी चालकरहित विमानद्वारा आतङ्ककारीलक्षित कारबाही प्रायः संयुक्त राज्य अमेरिकाले गर्दै आएको पाइन्छ ।
दक्षिण प्रान्त शाब्वाबाट बेदातर्फ गई रहेको तीन वटा सवारी साधानलक्षित भएको यस चालकरहित विमान कारबाही पनि संभावत अमेरिकी बलद्वारा नै भएको अधिकारीहरुले बताएका छन् ।
यमनमा सरकारी समर्थन गर्दै सन् २०१५ को मार्चबाट साउदी अरेबियाले आतङ्ककारीलक्षित चालकरहित विमान आक्रमण गर्दै आएको छ ।
यस कारबाहीमा परी सो समयदेखि हालसम्म आठ हजार ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने अरु हजारौको सङ्ख्यामा घाइते भएका छन्
तपाइँको प्रतिक्रिया ।