काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छ : निधि
कपन अनलाइन
महेन्द्रनगर, धनुषा, ३ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताएका छ । रौनियार सेवा समितिद्वारा जनकपुरमा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार निधिले राणा शासनकालदेखि हालसम्म नागरिक अधिकार बहालीका लागि संघर्ष गर्दै आएकाले काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।
जनकपुर शुरुदेखि नै क्रान्ति र आन्दोलनको भूमि भएको हो भन्दै उहाँले काँग्रेसले नै संविधान संशोधन प्रस्ताव अगाडि बढाएपछि निर्वाचन सम्भव भएको बताए ।
रौनियार सेवा समितिका अध्यक्ष लालबाबु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं ३ खका प्रदेशसभा सदस्यका उम्मेदवार श्याम साह तथा सत्यनारायण साह, राधेश्याम गुप्ता, सुधीरकुमार साह, मनमोहन साह, रामप्रताप रौनियार, पुरन गुप्ता, राजकिशोर गुप्ता, हंशराज गुप्ता लगायतले आआफ्नो विचार राखेका थिए ।