निर्मल कुइकेलको वडामा डा. राजन भट्टराईको घर दैलो

निर्मल कुइकेलको वडामा डा. राजन भट्टराईको घर दैलो

कपन अनलाइन 

काठमाडौ,मंग्सिर ३।

बाम गठवन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा उम्मेदवार डा. राजन भट्टराई आज काठमाडौं महानगरपालिका वडा नं ८ मा घर दैलो गरिरहेका छन ।बाम गठवन्धन का तर्फ बाट काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र १ का उम्मेदवार निर्मल कुइकेल को निवास रहेको वडा नं ८ मा भट्टराई कुइकेल सहित स्थानीय नेता तथा कार्यकर्ताको साथमा घर दैलो गरिरहेका छन ।

घर दैलोको क्रममा भट्टराईले आफु चावहिलको स्थानीय रहेको र यस क्षेत्रमा बाल्यकाल देखि लामो समय बिताएकोले त्यहाको विकास गर्न लाग्ने भन्दै मत मागिरहेका छन ।हिन्दुहरुको पवित्र मन्दिर पशुपतिनाथ रहेको सो वडामा डा. भट्टराई आफ्नो परिचय ,आफ्ना योजना समेटिएको अपिल र अन्य प्रतिवादत्ता पत्र सहित घर दैलोमा रहेको येक्स्थानिय नेताले बताए ।सो वडामा उनले गौशाला – चावहिलको ट्राफिक जामको समस्या समाधान  र वडा नं ८ लाई धार्मिक पर्यटनको केन्द्र बनाउने मुद्दालाई जोड दिएर उठाएको ति नेताले बताए ।

फोटो सौजन्य :मुकुन्द अधिकारी

तपाइँको प्रतिक्रिया ।