नेपाली कांग्रेस बुनपा वडा नं १० को बुद्दिजीवी भेला सम्पन्न

नेपाली कांग्रेस बुनपा वडा नं १० को बुद्दिजीवी भेला सम्पन्न

कपन अनलाइन

काठमाडौं,मंग्सिर २

नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं १० को बुद्दिजीवी भेला सम्पन्न भएको छ ।बुनपा १० स्थित मिलन चोक पार्टी भेन्युमा भएको भेलामा नेपाली कंग्रेस को तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवार गगन कुमार थापा ,नेपाल बार एसोसियसनका अध्यक्ष शेर बहादुर केसी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै उम्मेदवार थापाले जनता र मतदातालाई बुझाउन र सम्झाउने काममा बुद्दिजिविको ठुलो भूमिका रहेको बताएका थिए ।उनले अवको आर्थिक क्रान्तिमा बुद्दिजीवी हरुको अनुभव ,शिप र ज्ञान उपयोग हुने भन्दै यस पटकको ऐतिहासिक निर्वाचनमा सक्रियता पुर्वक लाग्न आग्रह गरेका थिए ।

सोहि कार्यक्रममा विभिन्न पार्टी त्याग गरि युवाहरु नेपाली कांग्रेसमा प्रवेस गरेका थिए। कार्यक्रम मिना पराजुलीको अध्यक्षतामा भएको थियो ।

तपाइँको प्रतिक्रिया ।