वाम गठवन्धन बुनपा १२ निर्वाचन परिचालन कमिटी घाेषणा

वाम गठवन्धन बुनपा १२ निर्वाचन परिचालन कमिटी घाेषणा
कपन अनलाइन
काठमाडौं,मंगसिर २/पुस्पा खड्का
पुष्पलाल मेमोरियल स्कूल बुनपा १२ मा अाज  वाम गठवन्धन बुनपा १२ निर्वाचन परिचालन कमिटी घाेषणा सभाकाे अायाेजना गरियो । साे कार्यक्रममा बाम गठबन्धन काठमाडौं ४ का संयोजक धर्मदत्त देवकोटा  क्षेत्र न ४ प्रदेश ख का संयुक्त वाम गठवन्धनका उम्मेदवार कुसुम कुमार कार्की ,निर्वाचन परिचालन कमिटी प्रदेस  २ का संयाेजकद्धय विदुर विक्रम खड्का र ठाकुर खरेल ,नेकपा एमाले क्षेत्र नं ४ प्रदेस क्षेत्र २ का सह संयोजक  मिठाराम अधिकारी,नेकपा माओवादी केन्द्रको तर्फ बाट समानुपातिक उम्मेदवार अमर विक  लगायतका वडा कमिटी ,यूवा सगंठन कमिटी ,महिला कमिटी ,टाेल कमिटीकाे पदाधिकारीकाे उपस्थिति रहेको थियो।
बम गठवन्धन  वडा न १२ निर्वाचन परिचालन  कमिटीमा  संयाेजक राजकुमार कार्की ,सहसंयाेजक शम्भु प्रसाद भट्टराई ,सचिव पुरूषाेत्तम नेपाल सहित ९ सदस्य रहेका छन।
त्यसै गरि यूवा कमिटी संयाेजक अाकाश श्रेष्ठ ,सह संयाेजक समिन पाैडे्ल , सचिव अजय कुईकेल रहने गरि ९ सदस्यीय यूवा परिचालन कमिटी घोषणा गरिएको थियो  ।
साथै सो कार्यक्रममा संयुक्त महिला वाम गठवन्धन वडा न १२ संयाेजक सुमिता श्रेष्ठ ,सह संयाेजक पद्धमा क्षेत्री र सचिव पुष्पा खड्का रहने गरि ९ सदस्यीय महिला निर्वाचन परिचालन कमिटीघोषणा गरिएको थियो  ।
साे कार्यक्रममा  वाम गठवन्धन क्षेत्र ४ प्रदेश ख का उम्मेदवार कुसुम कुमार कार्कीले यस क्षेत्रकाे विकास योजनाका कामहरूमा अाफूदत्तचित्त भएर लाग्ने र समय तालिका मिलाएर यस क्षेत्रकाे हरेक गतिविधिमा सहभागी हुने प्रतिद्धता प्रकट गरेका थिए  ।उनले यस क्षेत्रको विकासमा आफ्नो १० वर्ष जन प्रतिनिधि भएर कार्य गरेको अनुभव प्रयोग गर्ने बताउदै सबै क्षेत्र वासीलाई मंग्सिर २१ गते मतदानमा सहभागी हुन् निम्ता दिएका थिए ।
तपाइँको प्रतिक्रिया ।