बुढानिलकण्ठ नगरपालिका वडा नं १० र ११ मा डा.राजन भट्टराईको घर दैलो

बुढानिलकण्ठ नगरपालिका वडा नं १० र ११ मा डा.राजन भट्टराईको घर दैलो

कपन अनलाइन 

काठमाडौ,कार्तिक ३०

वाम गठबन्धनका तर्फ बाट काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार डा. राजन भट्टराई अहिले साविक कपन मा गाहार दैलोमा छन ।कार्तिक २९ गते उनले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा घर दैलो गरेका थिए भने कार्तिक ३० गते उनि बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा घर दैलो गरिरहेका छन ।

डा. भट्टराई संगै घर दैलोमा अहिले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं २ का उम्मेदवार कुसुम कुमार कार्की ,नेकपा एमालेको तर्फ बाट प्रदेसका समानुपातिक उम्मेदवार सुन्दर पुर्कुटी ,नेकपा माओवादी केन्द्रको तर्फ बाट समानुपातिक उम्मेदवार अमर विक ,स्थानीय नेताहरु मिठाराम अधिकारी ,ठाकुर प्रसाद खकुरेल,धुर्वराज न्यौपाने ,शिव बजगाई , सुवाष राई ,लक्ष्मी संग्रौला लगायत सहभागी भएका छन ।

घर दैलोको क्रममा सहभागीहरुले विभिन्न सांस्कृतिक र अन्य प्रस्तुति दिदै मत मागेका थिए भने उम्मेदवारहरुले आफ्ना प्रतिवादत्ता पनि राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।