सामान्य मानिसले निर्वाचन लड्न नसकिने अवस्थामा पुगियो : ढुंगाना

सामान्य मानिसले निर्वाचन लड्न नसकिने अवस्थामा पुगियो : ढुंगाना

कपन अनलाइन 

भक्तपुर, २९ कात्तिक । नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार दमननाथ ढुङ्गानाले नेपाल मजदुर किसान पार्टीलाई मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले सके आफ्ना पार्टीका उम्मेदवारीलाई जिताउनु, नसके राम्रो उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे। नेमकिपालाई नीतिगत रुपमा तटस्थ बसे पनि उम्मेदवारीको रुपमा तटस्थ नबस्न समेत उनले नेमकिपालाई आग्रह गरे ।

सञ्चार माध्यमबाट नै नेमकिपालाई राम्रा उम्मेदवारलाई सहयोग गर्न ढुङ्गानाले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंलाई आग्रह गरे । निर्वाचन खर्च दैनिक महङ्गो हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले सामान्य व्यक्तिले अब निर्वाचन लड्न नसकिने अवस्थामा पुगेको बताए ।

नेपाली काँग्रेस भक्तपुर १ नं. निर्वाचन क्षेत्रका उम्मेदवार बाबुराजा जोशीले भक्तपुर नगर र चाँगुलाई साँस्कृतिक क्षेत्र र नगरकोटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफ्नो उम्मेदवार भएको दाबी गरे ।कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा क का उम्मेदवार जीवन खत्री, ख का उम्मेदवार अनिल भुजु, निर्वाचन क्षेत्र नं. २ ख का उम्मेदवार गणेशमान चक्रधरले लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेसले निर्वाचन जित्नुपर्ने बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।