फोहोर मैला व्यवस्थापन हाम्रो पहिलो प्राथमिकता हो : सन्तोष चालिसे (प्रमुख ,गोकर्णेश्वर नगरपालिका )
कपन अनलाइन
काठमाडौँ ,कार्तिक २७ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ माकलबारी तामांग गुम्बामा आज गोकर्णेश्वर नगरपालिका वडा नं ८ , माकलबारी टोल सुधार समिति,संगम टोल विकास समाज,बागमती सुन्दरता सरोकार मन्चको आयोजनामा फोहोरमैला ब्यबस्थापन अभिमुखीकरण तालिम संचालन गरिएको छ ।
दुइ चरणमा विभाजन गरिएको उक्त कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए । त्यस्तै गरि बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना,राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. सुमित्रा अमात्य रहेकी थिइन् भने अतिथिहरुमा बागमती सुधार आयोजनाका प्रमुख आशिष घिमिरे ,आइ डी यसका प्रमुख प्रभा पोख्रेल ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लहाकार दिपक रिसाल ,बागमती सुन्दरता सरोकार मन्चका केन्द्रीय संयोजक उत्तम पुडासैनी इस्ट पोल माविका प्रिन्सिपल राजेश राइ ,बोना फर्चुना इन्टरनेसनलका प्रतिनिधि ,संगम टोल विकास समाजका अध्यक्ष प्रकाश अधिकारी लगायत रहेका थिए ।कार्यक्रमका सभाध्यक्षता माकलबारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरी शेर्पाले गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले यो अभिमुखीकरण भनेको सशक्तिकारण भएको बताउदै गोकर्णेश्वर नगरपालिका र आयोजक संग सहकार्य गर्यो भने केहि परिणाम आउने बताएका थिए ।उनले फोहोर मैला व्यवस्थापन आफ्नो पहिलो र मुख्य प्राथमिकता रहेको बताएका थिए ।
काठमाडौँको फोहोर फल्ने एउटी ठाउ सिसडोल भएको उनले अहिले उपत्यकामा कुनै नगरपालिकाहरुमा अहिले उपत्यकाको महानगरपालिका बाहेकका उपमहानगरपालिका बाहेकका फोहोर फाल्ने गाडी नै नभएको बताउदै गोकर्णेश्वर नगरपालिका संग भएको एउटा मात्र ट्रक दौडाइरहेको , दैनिक मान्छे पनि खटाईरहेको बताएका थिए।
। उनले जापानमा अत्याधुनिक फोहोर मैला ब्यबस्थापनको मेसिन बनेको र सानो एरिया मा पनि राख्न सकिने खालको रहेको आफुले अवलोकन गरेको बताउदै त्यस तर्फ आफु आकर्सित बनेको बताए ।
सय किलो फोहोर हाल्दा एक किलो खरानी दिदो रहेछा भन्दै खरानी बिक्रि पनि गर्न सकिने हुदा त्यस्तै मेसिन किन्नको लागि अध्ययन गरको र गोकर्णेश्वर नगरपालिका भरि ५ वटा त्यस्तै मेसिन राख्नको लागि अध्ययन गरि कुरा अघि बढेको बताए । फोहोर बाट मोहोर निकाल्न सकिने हुदा सबैले घरबाट निस्कने फोहोर ब्यबस्थापन गर्नुपर्ने बताएका थिए ।
सोहि कार्यक्रममा आफ्नो भनाइ राख्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लहाकार दिपक रिसालले अभिमुखीकारण कार्यक्रम आयोजना गर्नेलाइ धन्याबाद दिदै ५१ सालतिरको एउटा घटना स्मरण गरे।
त्यति बेला फोहोर मैला ब्यबस्थापनको लागि भनेर मुलपानीको क्रिकेट ग्राउण्ड मा महानगरपालिकाले फोहोर ल्याएर फाल्थे त्यो बेलामा त्यति बजार माकल बारीमा थिएन भन्दै त्यहा फोहोर फाल्दा फाल्दा फोहोर टन्न भएर गाउ दुर्गन्दित भएको वरिपरीको मनिसहरु यहाँ फोहोर फानु हुन्न भनेर आन्दोलित भएका डोजर ट्रक मै मानिसहरु फोहोर फाल्न नदिनको लागि सुतेको आफु पनि आद्नोलन मा सहभागी भएको बताएका थिए ।
उनले फोहोर फाल्न रोक्दा आन्दोलन चलाउदा गौशालाको प्रहरीले समातेर राष्ट्रिय सभा गृहमा लगेर नथुनी अपराध नै गरेको जसरि ५ दिन ज्यान मारेको जसरिनै थुनेको ५ दिन थुनामा राखेको बताए ।
कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगानाले आफुहरु फोहोर ब्यबस्थापनको लागि जनचेतनामुलक कार्यक्रम गरिरहेको बताउदै पहिला मानिसहरुको सोचमा परिबर्तन ल्याउनु पर्ने बताएका थिए। वडालाई स्वोच्छ सफा राख्नको लागि फोहोर ब्यबस्थाको लागि निरन्तर लागि रहेको बताएका थिए ।
कार्यक्रमको सभाध्यक्षता आसन बाट बोल्दै माकलबारी टोल सुधार समितिका अध्यक्ष पेमा छिरी शेर्पाले हाम्रै घर अगाडी बगिरहेको बागमती नदीलाई कसरि सरसफाई गर्ने सफा सुन्दर राख्ने भन्ने बिषय बस्तु तर्फ सचेत हुनु पर्ने भन्दै
घरको फोहोर बाहिर फाल्दा घर त सफा हुन्छ तर बाहिर फोहोर भयो भने समाज फोहोर हुने भन्दै फोहोर ब्यबस्थापन आजको आवश्यकता भएको बताएका थिए ।
उनले फोहोरको गाडी नआउदा समेत मनिसहरुले बाटोमा फोहोर राख्ने प्रबित्ति बढेको बताउदै फोरको गाडी नआउदा सम्म घरमै फोहोर राख्न समेत अनुरोध गरेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा सहभागी हरुलाई प्रशिक्षकहरुले कसरी घरको फोहोर घरमै ब्यबस्थापन गर्न सकिन्छ भनेर अभिमुखीकारण दिएका थिए ।उक्त अभिमुखिकारण कार्यक्रमलाई आइ.डी यस नेपाल ,इस्ट पोल स्कुल र बोना फोर्टुना इन्टरनेसनल ले सहयोग गरेका थिए । कार्यक्रममा संगम टोल विकास समाजका अध्यक्ष प्रकाश अधिकारीले स्वागत मंतब्य राखेका थिए भने संचालन विनित अर्यालले गरेका थिए ।