को हुन काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा- २ का उम्मेद्वार योगेन्द्र संग्रौला?

को हुन  काठमाडौं क्षेत्र नं ६ प्रदेश सभा- २ का उम्मेद्वार योगेन्द्र संग्रौला?

कपन अनलाइन 

काठमाडौ,कार्तिक २५ ।

आगामी मंसिर २१ गते हुने निर्वाचनमा काठमाडौं क्षेत्र नं ६ को प्रदेश सभा क्षेत्र २ मा  बामगठबन्धनका तर्फ बाट  योगेन्द्र संग्रौला उम्मेदवार बनेका छन ।२०४९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं २ को वडा अध्यक्षमा निर्वाचित  संग्रौला पेशाले अधिवक्ता  हुन् ।

२०३६ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा पटक पटक हिरासतमा परेका  संग्रौला २०४३ मा अधिवक्ता भई कानुन व्यवसायी भएका हुन् । २०४६ सालमा तत्कालिन मालेको सदस्यता लिई औपचारीक रुपमा राजनीतिक यात्रा सुरु गरेका उनले  २०४६ जनआन्दोलमा सालको आन्दोलनमा सक्रिय  सहभागिता जनाएका  थिए ।
२०४७ मा काठमाडौ नगरपालिकाको इलाका सदस्यको भूमिका निर्वाह गर्दै  २०५० देखि २०६७ सम्म नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य तथा क्षेत्र नम्बर ६ को सचिवको भुमिका निर्वाह गरेका  संग्रौला २०५१ मा नेकपा एमाले नेतृत्वको सरकार हुँदा गुठी संस्थानको सदस्य समेत भएका थिए  ।

संग्रौलाले २०५४ मा युवा संघ नेपालको केन्द्रिय सदस्य तथा प्रचार विभाग प्रमुखको कार्यभार सम्हाल्दै २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले कु गर्दा ४५ दिनको जेल जीवन समेत विताएका छन् ।

२०६२/६३ को जनआन्दोलनमा १९ दिन हिरासतमा परेका नेता संग्रौला २०६७ मा काठमाडौँ क्षेत्र नम्बर ६ बाट नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यनिर्वाचित भएका थिए ।

उनी हाल नेकपा एमाले प्रदेश नम्बर ३ को सदस्य एवं न्याय तथा कानुन विभाग प्रमुख रहेका छन ।लामो समय काठमाडौंको राजनीतिमा सक्रिय रहेका संग्रौला टोखा नगरपालिकाको वडा नं ११ का बासिन्दा समेत हुन् ।

तपाइँको प्रतिक्रिया ।