कुसुम कुमार कार्कीलाई मत माग्दै टोल टोलमा मिठाराम अधिकारी

कुसुम कुमार कार्कीलाई मत माग्दै टोल टोलमा मिठाराम अधिकारी

कपन अनलाइन 

काठमाडौ,कार्तिक २५

कार्तिक १६ गते विहान देखि नै कपन क्षेत्रको राजनीतिक माहोल निकै तातेको थियो । यो माहोल मग्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभामा खादा हुने उम्मेदवारी निश्चित भए संगै गर्माएको थियो । त्यो गर्मी उत्साह उल्लास भन्दा पनि आगेव र आक्रोशको थियो किनकी यस पटकको प्रदेस सभा निर्वाचनमा पनि स्थानीय तहको जस्तै कुनै पनि पार्टी बाट कपनको प्रतिनिधित्व भएको थिएन । यस पटक कपन आक्रोसमा थियो र यहाको राजनीतिक आभा मुर्झाएको थियो ।

त्यस दिन बिहान देखि बिहान देखि नै विभिन्न आकलन र अनुमानहरुका खेती चोक चोकमा ,टोल टोलमा भैरहेका थिए ।कतै अव कपनका नेताहरुले आफ्नो पार्टी खिलाफ उम्मेदवारी दिन्छन भन्ने चर्चा चल्दै थियो भने अर्को तर्फ अव यस क्षेत्रका कुनै पनि नेताहरु निर्वाचन अभियानमा सक्रिय बन्दैनन् भन्ने चर्चा थियो । त्यसै शिलशिलामा करिव ११ बजे पछी यहाँको माहोल झन् तात्यो किनकी यहाँ कपनका नेताहरु दलवल सहित बागी उम्मेदवार बन्न हिडी सके भन्ने हल्ला चल्यो । कतै आत्मारामले यसो गरे ,कतै मिठारामले उसो गरे भन्ने हल्ला चल्यो भने आफ्नो उम्मेदवारी दर्ता गर्न रास्ट्रिय सभा गृह पुगेका उम्मेदवारलाई पनि यो हल्लाले निकै सताएको देखिन्थ्यो । तर ति सव हल्ला अनुमान र चर्चालाई केवल चिया गफमा सिमित पर्दै कपनका हरेक पार्टीका नेताहरुले कुनै पनि किसिमका आवेग र उत्तेजना पूर्ण काम गरेनन ।

कार्तिक १७ गते विहान पनि यस्तै अर्को चर्चा चल्यो कि अव निर्वाचनमा कपनका नेताहरु सक्रिय बन्दैनन र उनिहरु कुनै पनि निर्वाचन गतीविधिमा सामेल हुदैनन् । यस्तै यस्तै चर्चा करिव १ बजे सम्म  चल्दै गर्दा त्यसलाई कपनका नेताहरुले चर्चामै सिमित पारिदिए । यस पटक पनि कपनका नेताहरुले राजनीतिक परिपक्वता देखाए र उनीहरु आ आफ्ना दलका कार्यक्रममा नियमित झै सक्रिय बने भने तमाम चर्चा र टोलका कुराहरु केवल चर्चामै सिमित बने । यसरी राजनीतिक परिपक्वता देखाउने नेताको अग्र पंक्तिमा मिठाराम अधिकारी देखिएका छन । उनले सबै अनुमान र चर्चा खारेज गर्दै कार्तिक १७ गते दिउसो १ बजे उनले चावहिलको एक कार्यक्रममा सम्बोधन गर्दै निर्वाचन अभियान लाग्ने उद्घोष गरे ।

सधै मिठाराम अधिकारीलाई एउटा आरोपले सताएको थियो कि उनि राजनीतिक भन्दा पनि सामाजिक व्यक्ति हुन । उनले यो आरोपलाई यस पटक खारेज गर्दै राजनीतिक परिपक्वता देखाएको चर्चा अहिले कपन क्षेत्रमा चल्ने गरेको छ ।

अहिले अधिकारी यस क्षेत्रका एमाले उम्मेदवार कुसुम कुमार कार्की संगै क्षेत्रका टोल टोलमा र जनताको घर घरमा पुगिरहेका छन। उनले अहिले पनि पहिले जस्तै आफु हेरेर मत दिन मतदाता संग अनुरोध गरेको एक एमाले नेताले बताए ।

राजनीतिमा पाउने, गुमाउने,उचाइमा पुग्ने ,सतहमा झर्ने जस्ता कुरा नियमित घटना क्रम हुन् र यस्ता स्वभाविक विषयहरुलाई ग्रहण गर्दा मात्रै नेतृत्व स्थापित हुने नियम हो । यस पटक यो राजनीतिको स्वाभाविक नियमलाई अधिकारीले आत्मसाथ गरेको देखिएको अधिकारी निकट एक नेताले बताए ।

फोटो सौजन्य : धुर्व भट्टराई

तपाइँको प्रतिक्रिया ।