अखिल नेपाल महिला संघ क्षेत्र नं ४ निर्वाचन परिचालन कमिटीको गठन
कपन अनलाइन
काठमाडौ,कार्तिक २४/ पुष्पा थापा
अखिल नेपाल महिला संघ काठमाडौं क्षेत्र नं ४ काे निर्वाचन परिचालन कमिटीको गठन गरिएको छ ।काठमाडौं क्षेत्र नं चारका संसदीय दलका उम्मेदवार डा राजन कुमार भट्टराईकाे प्रमुख अातिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा प्रदेस क्षेत्र १ र २ का उम्मेद्वारहरु निर्मल कुईकेल र कुसुम कुमार कार्की काे उपस्थिति रहेको थियोे ।
साे भेलाले निर्मला पुडासैनी संयोजक र राधा दाहाल र भावना के सी सह संयाेजक ,ईन्दिरा गिरी र कन्चन वास्ताेलालाई जिम्मेवारी प्रदान गरेकाे छ ।
सो भेलामा उम्मेदवार हरुले निर्वाचनमा खटेर लाग्न र आफ्ना उम्मेदवारलाई जिताउन अनुरोध गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।