ठूटेवर मेलामा डेढ करोडको कारोबार

ठूटेवर मेलामा डेढ करोडको कारोबार

कपन अनलाइन 

सुरुङ्गा, झापा, २३ कात्तिक । झापाको बुद्धशान्ति गाउँपालिका–६ मा लगाइएको ऐतिहासिक तथा धार्मिक मेलामा डेढ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कात्तिक १७ गते शुक्रबारदेखि ठूटेवर परिसरमा लगाइएको मेलामा १५० भन्दा बढी स्टल राखिएका थिए । मेला कात्तिक २१ गते समापन भएको थियो । यहाँ हरेक वर्ष कात्तिक पूर्णिमा र वैशाख पूर्णिमामा दुई पटक मेला लगाइँदै आइएको छ । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यहाँ मेला लगाइने गरिन्छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमा र वैशाख पूर्णिमा यहाँ मेलाको आयोजना गरिन्छ ।

यस वर्ष स्थानीय क्षेत्रको पर्यटन, प्रवद्र्धन र अग्र्यानिक कृषि प्रणालीको विकासमा जोड दिने उद्देश्यले मेलाको आयोजना गरिएको ठुटेवर संरक्षण समितिका सचिव सोमनाथ पौडेलले बताउनुभयो । मेला अवधिमा तीस हजारभन्दा बढी पर्यटकले मेलाको अवलोकन गरेको सचिव पौडेलको भनाइ

तपाइँको प्रतिक्रिया ।