‘निर्वाचनलाई सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेका छौं’ : डा अयोधी

‘निर्वाचनलाई सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेका छौं’ : डा अयोधी

कपन अनलाइन 

काठमाडौं, २३ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेको बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा नेपाल सरकारका मुख्य सचिव र सचिवलाई जानकारी गराउने उद्देश्यले बिहीबार राजधानीमा आयोजित छलफल कार्यक्रममा उनले जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने पक्षलाई निरुत्साहित र नियन्त्रण गर्न निर्वाचन आचारसंहिता पालनामा आयोगले जोड दिइरहेको उल्लेख गरे ।

निर्वाचनमा खटिने कर्मचारीमा स्वच्छ र स्वतन्त्र भूमिका एवम् व्यवहार प्रदर्शन, प्रभावकारी मतदाता शिक्षा, निर्वाचन सामग्री तथा मतदान केन्द्रको व्यवस्थापन र सुरक्षित रुपमा मतपेटिका संकलन गर्नु आयोगको अहिलेको चुनौती रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी निर्वाचनलाई सफल तुल्याउन आयोगले सबैको सहयोगको अपेक्षा गरेको बताए ।

तपाइँको प्रतिक्रिया ।