बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा घरदैलो गर्दै डा. महत र रमेश खड्का
कपन अनलाइन
काठमाडौ,कार्तिक २३।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबी मिति नजिकिदै गर्दा उम्मेद्वारहरुको घर दैलो एबं भेटघाट कार्यक्रम बढ्दै गएको छ | बुढानिलकण्ठ नगरपालिका वडा न ४ मा आज नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेद्वार डा. प्रकाश शरण महत र प्रदेश न ३ काठमाडौँ निर्बाचन क्षेत्र् न ५ बाट प्रदेश सभा २ “ख ” का उम्मेद्वार रमेश खड्का घरदैलो कार्यक्रममा ब्यस्त रहेका थिए ।
घरदैलो कार्यक्रम सुरु गर्नु अगाडी इकाई लाई कार्यक्रम राखेको मा आभारी प्रकट गर्दै डा.महतले नेपाली कांग्रेसले यस पटकको निर्बाचनमा राम्रो नतिजा प्राप्त गर्ने कुरामा दुई मत नभएको बताए ।
कार्यक्रममा प्रदेश सभाका उम्मेद्वार रमेश खड्काले आफु प्रदेश सभाको उम्मेद्वार भएको हुदा प्रदेश र केन्द्र बीच पुल बनेर सधै काम गर्ने बताए | कार्यक्रममा समानुपातिक तर्फका उम्मेद्वार प्रेम बहादुर खड्का ,भीमसेन खत्री , मनिष जोशी ,सागर खनाल लगायतको उपस्थिथि रहेको थियो | प्रदेश सभा १ “क”की उम्मेद्वार रमा गुरागाईंले कार्यक्रमा उपस्थित महिलाहरुको मनोबल उच्च बनाउने अभिव्यक्ति दिएकी थिइन् |