फ्रेन्च लिगमा पिएसजीले एन्गर्सलाई ५-० गोलले पराजित

फ्रेन्च लिगमा पिएसजीले एन्गर्सलाई ५-० गोलले पराजित

कपन अनलाइन 

एजेन्सी, १९ कात्तिक । फ्रेन्च लिगमा पिएसजीले एन्गर्सलाई ५-० गोलले पराजित गर्न सफल भएको छ ।यस सिजन उत्कृष्ट खेल खेलेको पिएसजीका लागि इडिसन काभानी र काइलियन एमबाप्पेले दुईदुई गोल गरेका थिए ।

जुलियन डाक्सलरले भने एक गोल गरे । यो जितसँगै पिएसजीले १२ खेलमा ३२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मोनाकोको २८ अंक रहेको छ ।

तपाइँको प्रतिक्रिया ।