छुट्टाछुट्टै दुर्घटना र अरिङ्गालले टोकेका बिरामीलाई ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चको आर्थिक सहयोग

कपन अनलाइन 

काठमाडौ,कार्तिक १९।

नेकपा एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले  देउसी भैलो आयोजना गरि प्राप्त दानबाट स्थापित सम्पर्क मञ्च बिरामी सहायता कोषबाट  विरामीलाई सहयोग गरेको छ ।

ओखलढुंगा मोलुङ–८ रागदिप निवासी दुवाराज राईकी  श्रीमती पार्वती राई सहित दुई छोरी र एक छोरालाई कार्तिक १५ गते बुधबारका दिन स्थानिय युवाहरुले बिच्काएका अरिङ्गालले टोकेको कारणले सामुदायिक अस्पताल मिसनमा ९ महिने छोराको मृत्यु भएको र ५ वर्षे छोरीको उपचारको क्रममा महाराजगंजको चिरायु अस्पतालमा मृत्यु भएको र आमा र १ छोरीको उपचार भैरहेको छ ।उनीहरुलाई मंचले आफ्नो कोष बाट रु ५००० सहयोग गरेको हो ।
त्यस्तै कार्तिक १२ गते उदयपुरको कटारीबाट ओखलढुंगा आउने क्रममा उदयपुरको ठाँटी भन्ने स्थानमा सुमो दुर्घटना हुदाँ सुमोमा रहेका चालक सहित ९ जनाको मृत्यु र १ बालक र कुमारी भित्रीकोटी घाइते भई उपचारको लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको वहाँको स्वास्थ्य लाभको कामना गर्दै सम्पर्क मञ्च बिरामी सहायता कोषबाट रु ५००० अस्पतालमा नै पुगी मञ्चका अध्यक्ष चन्द्र राई बाम्बुलेबाट हस्तान्तरण गरियो । दुर्घटनाामा  पार्वती भित्रीकोटीको दाजु मोलुङ–२, ढुस्केका दिपक भित्रीकोटीको मृत्यु भएको थियो ।

तपाइँको प्रतिक्रिया ।