काठमाडौ- ४ लाई नमुना क्षेत्र बनाउनु पर्दछ : डा. राजन भट्टराई (उम्मेदवार ,बाम गठवन्धन )

काठमाडौ- ४ लाई नमुना क्षेत्र बनाउनु पर्दछ : डा. राजन भट्टराई (उम्मेदवार ,बाम गठवन्धन )

कपन अनलाइन 

काठमाडौ,कार्तिक १९ ।

बाम गठवन्धनको तर्फ बाट काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार डा. राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ को विकासका लागि विशेष योजना बनाउनु पर्ने बताएका छन।काठमाडौं क्षेत्र नं ४ मा भएको एक कार्यक्रममा आफ्ना योजना राख्दै उनले अवको समय विकास र आर्थिक समृदीको भएको बताए ।उनले काठमाडौ ४ लाई सामाजिक ,सांस्कृतिक ,भौतिक र मानव श्रोतमा नमुना क्षेत्र बनाउनु पर्ने बताएका छन ।

काठमाडौं क्षेत्र नं ४ सांस्कृतिक रुपमा धनी क्षेत्र रहेकोले यसको प्रवर्धन गर्न ठोस योजना निर्माण गर्नु पर्ने भन्दै उनले यस क्षेत्रका बुढानिलकण्ठ र मैतीदेवी मन्दिरलाई विशेष सम्पदा घोषणा गर्नु पर्ने बताएका छन ।

उनले काठमाडौं क्षेत्र नं ४ को शिर प्राकृतिक रुपमा सुन्दर र अन्यन्त सम्भावना बोकेको स्थान रहेकोले त्यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना रहेको बताए। उनले चुनिखेललाई पर्यटकीय नगरको रुपमा विकास गर्नुपर्ने भन्दै क्षेत्र नं ४ को माथिल्लो भूभागलाई आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाउनु पर्ने बताए ।

स्वदेसी विदेशी नगरकोट ,चन्द्रागिरी ,फुलचोकी जान्छन तर शिवपुरी किन आउदैनन किनकी यहाँ पूर्वाधार छैन वा विकास गरिएको छैन भन्दै उनले यस क्षेत्रको पूर्वाधार विकास नै आफ्नो मुख्य मुद्दा रहेको बताए ।

अहिले सम्म काठमाडौं क्षेत्र नं ४ विभिन्न नेताहरुको क्षेत्रको रुपमा चिनिएकोमा अव यो क्षेत्र आफ्नै विशेषता र पहिचान सहित चिनिनु पर्ने भन्दै उनले यहाको सामुदायिक बन,नदी र प्राचिन महत्व बोकेका बस्ती र स्थानको प्रवर्धन गर्न लाग्नु पर्ने बताएका छन ।

क्षेत्र नं ४ को सिरान बुनपा १ तौलुंग देखि पुछार कामपा १ नागपोखरी सम्म अहिले नेकपा एमालेका प्रतिनिधि रहेकोले उनिहरु मार्फत जनताको समस्या बुझेको र त्यसको समाधानको लागि लागिरहेको र अझ लाग्ने बताउदै डा. भट्टराईले निर्वाचनमा केन्द्रित हुन् सबैलाई आग्रह गरेका थिए ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।