बैंकको करोड डुबाउने भष्ट्राचार मुद्धामा फरार भएका हरु पक्राउ

काठमाडौँ,जेठ ३१ गते
अख्तियारको दुरुपcorruption2योग गरी भष्ट्राचार गरेको मुद्धामा बिशेष अदालत काठमाडौँको मिति २०६२ साल कात्तिक १३ गतेको फैसला अनुसार १ करोड ४ लाख ७५ हजार ४ सय ८८  रुपैया जरीवाना हुने ठहर भएकी काठमाडौँ शंखमुल डेरा गरी बस्ने धादिङ जिल्ला नलाङ्ग–३ स्थायी घर  भएकी ४१ बर्षीया विश्वप्रिया मल्ललाई केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले जेठ ३० गते शंखमुलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ ।
प्रतिबादी विश्वप्रिया मल्ल समेतका प्रतिबादी कर्जावालाहरुलाई गैह्र कानूनी रुपमा फाईदा र नेपाल बैंक लिमिटेडलाई हानी नोक्सानी हुने गरी नेपाल बैंक लिमिटेड काठमाडौँका पुर्व नायव महा–प्रवन्धक समेतका बैंक कर्मचारीहरु समेतको मिलोमतोमा बैंकको निति निर्देशन विपरीत मिति २०५५ साल देखि २०५८ सालसम्ममा हाईपोथीकेशन कर्जा प्रवाह भई बैंकलाई २ करोड ९ लाख ५० हजार ९ सय ७६ रकम हानी नोक्सानी गरेको भष्ट्राचार मुद्धामा पी.जी. स्टोर र सनिमा फर्निचर उद्योगको प्रोप्राइटर रहेकी कर्जावाल प्रतिबादी विश्वप्रिया मल्ल र गेहेन्द्र मल्लले हुदै नभएको स्टक देखाई कम मुल्यको कमसल जग्गा धितोमा दिई, जग्गा र स्टकको कृतिमरुपले अत्याधिक बढी मुल्याङकन गराई कैंकलाई नतिर्ने मनसायले कर्जा प्राप्त गरेको र प्राप्त गरेको कर्जा नतिरी प्रचलित भष्ट्राचार निवारण ऐन बमोजिमको कसुर गरेका थिए ।
यस अघि सोही मुद्धाका अर्का प्रतिबादी धादिङ जिल्ला नलाङ–३ घर भई काठमाडौँ महानगरपालिका–३४ बस्ने गेहेन्द्र मल्ललाई केन्द्रीय अनुसन्धान व्यूरोले गत २०६७ साल चैत ३ गते नै पक्राउ गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।