काठमाडौ क्षेत्र नं ४ प्रदेस “ख” मा कांग्रेसका साधुराम खडका कि आत्माराम पौडेल ?

काठमाडौ क्षेत्र नं ४ प्रदेस “ख” मा कांग्रेसका साधुराम खडका कि आत्माराम पौडेल ?

कपन अनलाइन

काठमाडौ,कार्तिक १२ ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ को प्रदेस ख मा कसले टिकट प्राप्त गर्ने भन्ने चर्चा अहिले आम रुपमा चली रहेको छ । धेरै समकालीन र लामो समय देखि राजनीतिमा सक्रिय रहेका स्थानीय नेताहरुको बाहुल्यता रहेको यस क्षेत्रमा हिले टिकट दौडमा रहेका साधुराम खड्का , न्हुछे नारायण श्रेष्ठ ,आत्माराम पौडेल र राजाराम बुढाथोकी रहेका छन ।

यहि कार्तिक १६ गते मनोनयन दर्ता गर्ने समय रहेकोले पनि टिकट वितरणको क्रम अन्तिम चरणमा रहेको छ । यस प्रदेस ख मा अहिले पछिल्लो चरणमा नेपाली कांग्रेस भित्र दावेदार मध्ये मुलत दुइ नाम साधुराम खड्का र आत्माराम पौडेलको चर्चा बढी चलेको एक नेताले बताए ।

नेपाली कांग्रेस अहीले यस प्रदेस क्षेत्रको टिकटका नेकपा एमालेको निर्णय पर्खिरहेको विश्लेषण हुन् थालेको छ । यस क्षेत्रमा नेकपा एमालेले छान्ने उम्मेदवारको आधारमा नेपाली कांग्रेसले आफ्नो उम्मेदवार चयन गर्ने सम्भावना रहेको राजनीतिक वृतमा चर्चा चल्न थालेको छ ।

पछिल्लो परिस्थितिमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ प्रदेस ख मा साधुराम खड्का जो निकै लामो समय देखि निरन्तर क्रियाशील रहेका छन उनलाई अगाडी सर्ने वा गाउ पंचायतको प्रधान पन्च हुदै गाविस अध्यक्ष समेत बनेका पुराना नेता आत्माराम पौडेललाई अगाडी सार्नेमा गहिरो छलफल गरिरहेको श्रोतले बतायो ।

नेपाली कांग्रेसमा अहिले साधुराम खड्का कि आत्माराम पौडेल भन्ने छलफल तीव्र रुपमा चलेको एक कांग्रेसका नेताले बताए। यस प्रदेस क्षेत्रमा नेकपा एमालेले मिठाराम अधिकारीलाई अगाडी सार्दा आत्माराम पौडेल र कुसुम कुमार कार्कीलाई अगाडी सार्दा साधुराम खड्का उम्मेदवार बन्ने सम्भावना पनि उतिक्कै रहेको एक नेताले बताए ।

बुढानिलकण्ठ नगरपालिका भित्र रहेको यस प्रदेस क्षेत्रमा नेपाली कांग्रेसले प्रतिनिधि सभा क्षेत्रका उम्मेदवार गगन थापालाई समेत निर्वाचन अभियानमा सजिलो र प्रभावकारी हुने गरि उम्मेदवार छनौट गर्ने सम्भावना रहेको देखिन्छ ।

दुवै पार्टी एक अर्काका उम्मेदवारको प्रतिक्षामा बसेको यस परिस्थितिमा आम जनता र कार्यकर्ता भने अन्यौलमा रहेका छन जसले गर्दा खुल्ला चुनावी अभियान संचालन गर्न यहाका राजनीतिक दलहरुले सकिरहेका छैनन ।अहिले यस क्षेत्रका दलहरु केवल आन्तरिक छलफल र चियापान जस्ता सानातिना कार्यक्रममै आफ्नो अभियान केन्द्रित गरिरहेका छन ।

तपाइँको प्रतिक्रिया ।