बाम गठवन्धन काठमाडौं क्षेत्र नं ४ को बैठक सम्पन्न

बाम गठवन्धन काठमाडौं क्षेत्र नं ४ को बैठक सम्पन्न

कपन अनलाइन 

काठमाडौ,कार्तिक ९।

काठमाडौं क्षेत्र नं ४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठवन्धनको पहिलो बैठक चावहिल स्थित ए वान पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

नेकपा एमालेका जिल्ला कमिटि सदस्य एबम प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटिका संयोजक निर्मल देउलाको अध्यक्षतामा भएको सो बैठकमा नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य धर्मदत्त देवकोटा ,नेकपा एमालेका केन्द्रिय सदस्य डा.राजन भट्टराई, बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल,सुन्दर पुर्कुटी ,उद्दव बडाल ,रामनाथ मैनाली ,निर्मल कुइकेल ,तेज ढकाल ,विदुर विक्रम खड्का ,ठाकुर खकुरेल र मिठाराम अधिकारी लगायतका अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै डा . राजन भट्टराईले संविधानको कार्यान्वयन र आर्थिक समृधिका लागि नेपालमा बामपन्थी नेतृत्वको सरकार बन्नु पर्ने बताएका थिए । आगामी दिनमा देशको विकास र जनताको हित केवल बाम पन्थी नेतृत्वको सरकारले गर्न सक्नेमा उनको जोड थियो ।

बैठकका अर्का वक्ता धर्मदत्त देवकोटाले बामपन्थीहरुको विचमा रहेको बर्लिन पर्खाल ढलेको बताउदै जो सुकै उम्मेदवार भएर आए पनि एकमत भएर निर्वाचनमा लाग्नु पर्ने बताएका थिए ।

नेकपा एमालेको तर्फ बाट तेज ढकाल र विदुर विक्रम खड्काले एबम नेकपा माओवादी केन्द्रका तर्फ बाट ठाकुर खकुरेलले रिपोर्टिंग गरेको कार्यक्रमको संचालन सुरेश कर्माचार्यले गरेका थिए ।

 

तपाइँको प्रतिक्रिया ।