नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र “ख” मा कुसुम कुमार कार्की कि मिठाराम अधिकारी ?

नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र “ख” मा कुसुम कुमार कार्की कि मिठाराम अधिकारी ?

कपन अनलाइन 

काठमाडौ,कार्तिक ९ ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ को प्रदेस क्षेत्र “ख” मा अझै को उम्मेदवार हुने भन्ने निश्चित भएको छैन । अहिले टिकटको दौडमा २ जना नेताहरु अगाडी देखिएका छन तर पनि टिकट कसले हात पर्ने त्यो अन्यौलमै रहेको छ ।

७ जना दावेदार रहेको यस क्षेत्रमा दावी गरेका केहि नेताहरुले आफ्नो दावीलाई कम्जोर बनाउने संकेत दिए पछी यी दुवै नेताहरु टिकट दौडको अग्रभागमा देखिएका छन ।

दावेदार नेताहरु मध्ये बरिस्ट सुन्दर पुर्कुटीले सहमतिको बाधक नबन्ने बताएर रेस बाट बाहिरिने संकेत दिएका छन भने प्रदेस ख संयोजक विदुर विक्रम खड्काले जसले टिकट प्राप्त गरे पनि निर्वाचनको नेतृत्व गर्ने घोषणा गरेर राजनीतिक संस्कार देखाएका छन ।

अन्य दावेदार धुर्वराज न्यौपानेले कुसुम कुमार कार्कीलाई समर्थन गर्ने संकेत दिएका छन भने जयराम थापा यस प्रकरणमा मौन छन ।दावेदार मध्ये कि एक मात्र महिला सरिला निरौलाको यस विषयमा ठोस धारणा आएको छैन ।

यो सबै परिस्थितिमा अहिले कुसुम कुमार कार्की र मिठाराम अधिकारी विच टिकट प्राप्त गर्ने प्रतिस्पर्धा रहेको स्पस्ट देखिन्छ ।

समान उमेर समुह , जनप्रतिनिधि बनेको समान अनुभव र राजनीतिक जिम्मेवारी बहन गरेका यी दुई नेताहरु मध्ये कसलाई टिकट दिने भन्नेमा माथिल्लो तहमा पनि निस्कर्ष निस्कन नसकेको एक नेताले बताए ।

यी दुवै नेताहरु अहिले टिकटको दावीमा आफ्नो अनुकुलतामा  निर्वाचन जित्ने आधार प्रस्तुत गर्दै नेता कार्यकर्तालाई कन्भिन्स गर्न तर्फ लागेका छन तर वाम गठवन्धन विचको भाग बन्डा नटुंगिए सम्म कसले टिकटको बाजी मार्ने हो त्यो भन्न नसकिने एक एमाले जिल्ला नेताले बताए ।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।